STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७६ बैशाख ११, बुधबार

    गुफाभित्र कार्यपालिकाको बैठक

    तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।  बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने...

  • २०७६ बैशाख ११, बुधबार

    प्रदेशसभा बैठक आह्वान

    प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।  नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो । ...

  • २०७६ बैशाख ११, बुधबार

    मार्सी धान जोगाउन डिपिआर तयार

    विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ ।  जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।  गुरुयोजना निर्माणका लागि डिपिआरको काम अगाडि बढाइएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । यसले कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा...

  • २०७६ बैशाख ११, बुधबार

    खुला दूध बिक्रीमा रोक

    मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो ।  जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका...

  • २०७६ बैशाख ११, बुधबार

    बीमाले उत्साह

    कालीमार्सी जोगाउन अहिले किसानले बीमासमेत गर्न थालेका छन् । मार्सी चामलको माग बढिरहेकाले यसको सुरक्षा गर्न बीमा पनि आवश्यक छ, स्थानीय किसान बताउँछन् । मार्सी चामलको माग बढ्दै गए पनि खेतीमा बढी दुःख गर्नुपर्ने भएकाले किसानको रुचि घट्दै गएको थियो । मार्सी हुने खेतमा समेत उन्नत धानको खेती श्ुरु भएको थियो । मार्सी धाननै लोप हुने जोखिम बढ्दै गएपछि बीमा सुविधा पनि दिइएको शिखर इन्स्योरेन्स कम्पनीले...

  • २०७६ बैशाख ११, बुधबार

    उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल

    आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रति ष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् ।  नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घट्न थालेको हो ।   विगतका वर्षमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्तिहरु, पहुँचवाला, उच्च पदमा आसिन व्यक्तिहरु आँखाको उपचारका लागि काठमाडौँ र...

  • २०७६ बैशाख ११, बुधबार

    मदिराले धानेको राजश्व

    आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना...

  • २०७६ बैशाख ११, बुधबार

    काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

    नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  प्रमुख सचेतक खाँणले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक...

  • २०७६ बैशाख ११, बुधबार

    उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार

    राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्न अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा आज राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम...

  • २०७६ बैशाख ११, बुधबार

    नीतिविपरीत जनप्रतिनिधिले कार्य गरेको आरोप

    हरेक विकास निर्माणका आयोजनामा स्थानीय तथा प्रदेश सरकारले नीतिविपरीत कार्य गरेको भन्दै निर्माण व्यवसायीले असन्तुष्ट व्यक्त गरेका छन् । जनताको अपनत्व जगाउने कार्यप्रति बेवास्था गरेको उनीहरुको आरोप छ ।   स्थानीय उपभोक्ताको प्रत्यक्ष संलग्नतामा विकास निर्माण गर्ने परिपाटी भए पनि स्थानीय र प्रदेश सरकारले त्यसविपरीत कार्य गरिरहेको भन्दै निर्माण व्यवसायी समितिले सो कार्य तत्काल सच्याउनसमेत अपिल गरेको छ...

  • २०७६ बैशाख ११, बुधबार

    दुर्गम गाउँमा ‘एक घर एक धारा’

    बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ स्थित नर्जा गाउँमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको चरम सङ्कटमा रहेको विकट गाउँमा गाउँपालिकाले दुई वर्ष लगाएर एक घर एक धारा निर्माण गरिदिएको हो ।  गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १५ लाख, चालू आर्थिक वर्ष २०७५÷७६ मा रु १९ लाख र जनसहभागिताबाट रु छ लाख गरी कूल रु ४० लाखको लागतमा एक घर एक धारा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका...

  • २०७६ बैशाख ११, बुधबार

    राष्ट्रपतिको राजकीय भ्रमणः नेपाल चीन सम्बन्धका सबै पक्षमा पुनरवलोकन

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको जनवादी गणतन्त्र चीनको पहिलो राजकीय भ्रमणमा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल र सम्झौता हुने भएका छन् ।  सन् १९५५ अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना गरी दुई मुलुकले सम्बन्धलाई औपचारिकता दिएपछि यो सम्बन्ध मैत्रीपूर्ण, समझदारी, आपसी सहयोग तथा एकार्काका संवेदनशीलतामा सहयोग र सम्मान गर्ने तथा...

Pages