राष्ट्रिय
-
२०७६ जेठ ३, शुक्रबार
पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी
नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।...
-
२०७६ जेठ ३, शुक्रबार
मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन ः ओली
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने स्पष्ट...
-
२०७६ जेठ ३, शुक्रबार
मिर्गौलापीडित बालिकालाई सहयोग
मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आउनुभएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् । गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार...
-
२०७६ जेठ ३, शुक्रबार
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।...
-
२०७६ जेठ ३, शुक्रबार
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, यही...
-
२०७६ जेठ ३, शुक्रबार
नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने
चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई...
-
२०७६ जेठ ३, शुक्रबार
प्राविधिक शिक्षाले विद्यार्थी तान्यो
सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो । आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ...
-
२०७६ जेठ ३, शुक्रबार
काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका
डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । मौसमअनुसारका फलफूलको व्यापार गरेर राम्रो आम्दानी गर्दै आएका सडक आसपास गाउँका बालबालिकाले अहिले भने काफल, पुलम, आल्चा र आरु विक्रीबाट आम्दानी गरी पढाइ खर्च जुटाइरहेका अमरगढी–५ तोफानडाँडाका जोगराज ऐरले बताउनुभयो । यो वर्ष असिना पानीले गर्दा...
-
२०७६ जेठ ३, शुक्रबार
बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ ः ‘प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताउनुभएको छ । छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा आज मदननगरमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी...
-
२०७६ जेठ ३, शुक्रबार
बुद्धजयन्तीको तयारी पूरा
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६३ औँ बुद्धजयन्तीको तयारी पूरा भएको जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यमा रङरोगन गरी सिङ्गारिएको तथा त्यस वरपर क्षेत्रमा सरसफाइ गरिएको छ । बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकीर्तन, साँझमा दीपावली गरिने छ । मन्दिर परिसरमा साँझ गरिने दैनिक दीप प्रज्वलनमा सम्पूर्ण प्राणी जगत्को कल्याणको कामना गरिने महासमितिका महासचिव...
-
२०७६ जेठ ३, शुक्रबार
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै
स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुईरतीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ । धादिङ स्थायी घर भएका टेकबहादुर तामाङले दुई वर्षअघि...
-
२०७६ जेठ ३, शुक्रबार
लुम्बिनी विश्व कै सम्पदा हो ः मुख्यमन्त्री पोखरेल
लुम्बिनी भ्रमण वर्षको सन्दर्भमा नेपाल फोटो पत्रकार महासङ्घले आजदेखि लुम्बिनीमा फोटो प्रदर्शनी शुरु गरेको छ । तीन दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश नं ५ मा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ । सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनी विश्व कै सम्पदा हो भन्नुभयो । उहाँले...


