राष्ट्रिय
-
२०७६ जेठ ५, आइतबार
तीन साहित्यकार पुरस्कृत
स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका...
-
२०७६ जेठ ५, आइतबार
विद्यार्थीमा धनी र गरीबको भावना हटाउन अध्ययन
धनी र गरीब पृष्ठभूमिका विद्यार्थीको सङख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ । ‘नेपालमा सामाजिक विकास र सामाजिक परिवर्तन¬’ विषयमा विद्यालय शिक्षामा जारी निजीस्तरको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन दुवै पृष्ठभूमिका विद्यार्थी एकै ठाउँ हुनुपर्ने देखाएको...
-
२०७६ जेठ ५, आइतबार
प्रेस युनियन तीन पुरस्कार घोषणा
नेपाल प्रेस युनियन मोरङ शाखाले पत्रकारितासँग सम्बन्धित तीनवटा पुरस्कारको घोषणा गरेको छ । युनियनको हालै बसेको बैठकले पुरस्कार पक्रकारितामा सत्रिय न्यू सृष्टि दैनिकका प्रधानसम्पादक शङ्कर खरेललाई रमाप्रसाद–मायादेव रिजाल, कान्तिपुर दैनिकका प्रदेश १ संयोजक माधव घिमिरेलाई शैलजा आचार्य स्मृति र न्यूज २४ टेलिभिजनकी प्रदेश ब्यूरो प्रमुख तारा आचार्यलाई शैलजा आचार्य स्मृति पत्रकार महिला पुरस्कारबाट सम्मान...
-
२०७६ जेठ ५, आइतबार
बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने राजदूत आम्स
नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार यहाँ अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बङ्गलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश नं १ र...
-
२०७६ जेठ ५, आइतबार
नगरपालिकामा तालाबन्दी
नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले...
-
२०७६ जेठ ५, आइतबार
चार वडामा स्वरोजगार कार्यक्रममा आवेदन परेन
प्रधानमन्क्री स्वरोजगार कार्यत्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन । सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्क्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिनुभयो । ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक...
-
२०७६ जेठ ५, आइतबार
चुकाउनीमा आकर्षण
पाल्पाली अचारका रुपमा परिचित चुकाउनीप्रति सबैको आकर्षण बढ्न थालेको छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना र धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने यो अचार धेरैले रुचाइएको पाइएको छ । पाल्पाका रैथाने नेवार समुदायको संस्कृति यो अहिले पाल्पाली पहिचान बनेको जानकार बताउँछन् । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाराधनालगायत शुभकार्य एवं धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गरिने चुकाउनी...
-
२०७६ जेठ ५, आइतबार
चार वडा कार्यालयको भवन निर्माण शुरु
नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको...
-
२०७६ जेठ ५, आइतबार
सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्य
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...
-
२०७६ जेठ ३, शुक्रबार
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा
बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शरु भएको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, यही...
-
२०७६ जेठ ३, शुक्रबार
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।...
-
२०७६ जेठ ३, शुक्रबार
प्राविधिक शिक्षाले विद्यार्थी तान्यो
सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो । आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ...


