राष्ट्रिय
-
२०७६ जेठ ६, सोमबार
‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र “प्रहरी समायोजना विधेयक,२०७५” सदनमा पेश
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा “औद्योगिक व्यवसाय विधेयक, २०७५” प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिनुभयो । मन्त्री यादवले सदनमा पेश गर्नुभएको...
-
२०७६ जेठ ६, सोमबार
नदी निर्माणको काम नगर्न, नगराउन आदेश
सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ । राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार खंग, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साहविरुद्ध परेको रिटमा आइतबार न्यायाधीश...
-
२०७६ जेठ ६, सोमबार
महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली
सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्र्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो । काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक...
-
२०७६ जेठ ६, सोमबार
बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन...
-
२०७६ जेठ ६, सोमबार
न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक
अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा शनिबार गरियो । कार्यक्रममा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, कमला प्रसाईं, लक्ष्मी...
-
२०७६ जेठ ६, सोमबार
गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली
लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो । चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको...
-
२०७६ जेठ ६, सोमबार
वन वातावरण र भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा
प्रतिनिधिसभाको आजको बैठकमा वन, वातावरण संरक्षण र भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ पेश भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ सदनमा पेश गर्नुभयो । वन र वातावरण संरक्षण विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री बस्नेतले...
-
२०७६ जेठ ५, आइतबार
बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने राजदूत आम्स
नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार यहाँ अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बङ्गलादेशले आर्थिक वृद्धिदर र विकासमा उत्कृष्ट कार्य गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश नं १ र...
-
२०७६ जेठ ५, आइतबार
नगरपालिकामा तालाबन्दी
नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले...
-
२०७६ जेठ ५, आइतबार
चार वडामा स्वरोजगार कार्यक्रममा आवेदन परेन
प्रधानमन्क्री स्वरोजगार कार्यत्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन । सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्क्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिनुभयो । ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक...
-
२०७६ जेठ ५, आइतबार
चार वडा कार्यालयको भवन निर्माण शुरु
नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको...
-
२०७६ जेठ ५, आइतबार
सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्य
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते...


