STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नदी निर्माणको काम नगर्न, नगराउन आदेश

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार

सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ । 
राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार खंग, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साहविरुद्ध परेको रिटमा आइतबार न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलाशले उपभोक्ता समितिमार्फत् तत्काल कुनै काम नगर्न, नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षले गैरकानूनी रुपमा हुँदै नभएको अधिकार प्रयोग गरी वडाध्यक्षलगायत सदस्यलाई जानकारी नदिई उपाध्यक्ष पुष्पमालादेवीले आफ्नै अध्यक्षतामा बैठक गरी गठन गरेको उपभोक्ता समिति गैरकानूनी भएको दाबी गर्दै वडाध्यक्ष हेमनारायण साहले रिट दिनुभएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा २ ९क० ९२० बमोजिम वडाभित्र सञ्चालित योजनाको लागि उपभोक्ता समितिको गठन र अनुगमन गर्ने अधिकार वडा कार्यालयलाई छ ।
सिँचाइ नियमावली २०५६ को नियम ९१० अनुसार जल उपभोक्ता समितिमा अनिवार्य दुई जना दलित सदस्य राख्नुपर्नेमा एक जनालाई मात्र राखिएको, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साह वास्तविक उपभोक्ता नभएको र सदस्यमा सरकारी कर्मचारी सडक विभाग लहानका सुपरभाइजर भुवनेश्वर मण्डललाई समेत राखिएकाले गैरकानूनी रुपमा गठित उपभोक्ता समिति बदर गर्नुपर्ने वडाध्यक्ष साहले दाबी गर्नुभएको छ । 
   रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता महेन्द्रकुमार चौधरी र अधिवक्ता सतिशकुमार रायले बहस गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय