STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ६, सोमबार

    नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग

    सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी राजपा सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो ।   सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन...

  • २०७६ जेठ ६, सोमबार

    अध्ययन गर्नका लागि बालबालिकाले काफल बेच्दैं

    रोल्पा नगरपालिका–८ जङ्कोटका १२ वर्षीय सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् । टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकामतर्फ लाग्छिन् ।  उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ । “काफलको सिजन हो, अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु”, उनले भनिन् । उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा– ८...

  • २०७६ जेठ ६, सोमबार

    जुनार किसानलाई अनुदानमा कृषि औजार

    जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् । ५० प्रतिशत अनुदानमा साना मेशिनरी तथा कृषि औजार उपकरण वितरण कार्यक्रममार्फत् जुनार सुपरजोनले कार्यक्रम लागू भएका स्थानका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा अहिले कृषि औजार वितरण भइरहेको जुनार सुपरजोनले जनाएको...

  • २०७६ जेठ ६, सोमबार

    महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन पेश

    प्रतिनिधिसभाको आजको बैठकमा “महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन, २०७५” पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सो प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो । त्यसैगरी मन्त्री ढकालले “नेपाल सरकारको आर्थिक वर्ष २०७४÷७५ को सुशासन प्रतिवेदन” र “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त...

  • २०७६ जेठ ६, सोमबार

    अवैध रुपमा द्वन्द्वरत मुलुकमा जाने क्रम रोकिएन

    वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित बनाउन भन्दै सरकारले विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरेपनि अझै कामको खोजीमा अवैध तरिकाबाट विदेशिने प्रवृत्तिको अन्त्य हुनसकेको छैन ।  आकर्षक सेवा सुविधा पाउने आशामा अहिले पनि दलालको प्रलोभनमा भारत हुँदै तेस्रो मुलुक जाने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो रहेको छ । अवैधानिक प्रक्रियाबाट विभिन्न मुलुक जाने नेपालीको यथार्थ सङ्ख्या...

  • २०७६ जेठ ६, सोमबार

    बुलबुलेमा ‘सूर्यमुखी’ आर्कषण

    बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फूलको दृश्य अवलोकन गर्दै ।   यो दृश्य हो सुर्खेतको बुलबुले...

  • २०७६ जेठ ६, सोमबार

    ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ र “प्रहरी समायोजना विधेयक,२०७५” सदनमा पेश

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाको आजको बैठकमा “औद्योगिक व्यवसाय विधेयक, २०७५” प्रस्तुत गर्नुभयो ।    विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आर्कर्षित गर्नका लागि उक्त विधेयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिनुभयो ।     मन्त्री यादवले सदनमा पेश गर्नुभएको...

  • २०७६ जेठ ६, सोमबार

    नदी निर्माणको काम नगर्न, नगराउन आदेश

    सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ ।  राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका डिभिजन प्रमुख रामकुमार खंग, उपभोक्ता समितिका अध्यक्ष राजकुमार साहविरुद्ध परेको रिटमा आइतबार न्यायाधीश...

  • २०७६ जेठ ६, सोमबार

    महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली

    सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्र्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो ।  काव्य विद्यालय–प्रहरी समन्वय समिति, महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वर तथा बानेश्वर सामुदायिक...

  • २०७६ जेठ ६, सोमबार

    बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

    पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।  एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन...

  • २०७६ जेठ ६, सोमबार

    न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक

    अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविका कविताको संयुक्तसङ्ग्रह प्रकाशन भएको छ । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा शनिबार गरियो ।  कार्यक्रममा ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, कमला प्रसाईं, लक्ष्मी...

  • २०७६ जेठ ६, सोमबार

    गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली

    लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो ।    चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको...

Pages