राष्ट्रिय
-
२०७६ जेठ ८, बुधबार
ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै प्रहरी
भीमदत्तनगरपालिकाभित्रका अधिकांश विद्यालयले बस सञ्चालन गरेका छन् । तर ती बसको अवस्थावारे अभिभावरुमा जागरुकता नदेखिएको पाइएको छ । हरेक वर्ष शैक्षिक प्याकेजमा अभिभावकको मत जित्न विभिन्न प्रकारका सेवा÷सुविधा र शैक्षिक गुणस्तरको रटानले नथाक्ने विद्यालय स्कूले बालबालिका बोक्ने बसको हालतबारे भने बेखबरजस्तै बन्ने प्रवृत्ति बढेको छ । नगरपालिकाभित्र झण्डै ७० वटा निजी विद्यालय रहेका छन् । सार्वजनिक...
-
२०७६ जेठ ८, बुधबार
माछा महोत्सव गरिने
कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टेबल’को आयोजना गर्ने भएको छ । विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा...
-
२०७६ जेठ ८, बुधबार
उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग
राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् । डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो...
-
२०७६ जेठ ८, बुधबार
विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता
सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक...
-
२०७६ जेठ ८, बुधबार
केदारनाथको मन्दिर उद्घाटन
भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । गत २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नुभएको हो । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले...
-
२०७६ जेठ ८, बुधबार
छ हजार ट्याक्सीको मिटर भाडा समायोजन
नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा...
-
२०७६ जेठ ८, बुधबार
प्रदेश तहमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्थापना हुने
प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५ र औद्योगिक व्यवसाय विकास विधेयक, २०७५’ छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा दिव्यमणिराज भण्डारी, प्रेम सुवाल, देवप्रसाद गुरुङ, रामवीर मानन्धर र...
-
२०७६ जेठ ८, बुधबार
४१औँ दिनमा सगरमाथा आरोहण
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गर्नुभएको छ । विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गर्नुभएको हो । आइल्याण्ड हिमाल चढिसक्नुभएका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण...
-
२०७६ जेठ ८, बुधबार
नेपालगञ्जमा आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण हुँदै
प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालीन कार्य सञ्चालन गर्न नेपालगञ्ज विमानस्थल परिसरमा फर्वार्ड लजिस्टिक बेस आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण गरिने भएको छ । गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रम डब्लुएफपी द्वारा सञ्चालित हुने गरी प्रदेश नं ५ मा निर्माण गर्न लागिएको आपत्कालीन प्रतिकार्य केन्द्रको भवन बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री बेरोनेस एलिजाबेथ...
-
२०७६ जेठ ८, बुधबार
‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०१९’ सम्पन्न
सिजन मिडियाले विभिन्न १६ विधामा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिलाई सम्मान गरेको छ । एक दशक पूरा गरेको अवसर पारेर मङ्गलबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा १० वर्षदेखि सक्रिय रही सफलता हासिल गरेका व्यक्तित्वलाई सम्मान गरिएको हो । वर्ष २०१९ को ‘उत्कृष्ट कला र ग्राफिक डिजाइनर’मा विशाल चौधरी, ‘उत्कृष्ट युवा महिला उद्यमी’मा शान्ति लिम्बू, ‘...
-
२०७६ जेठ ८, बुधबार
कृषि क्षेत्रमा सघाउन इजरायल तयार राजदूत ओमर
नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले धेरै कुरा सिकेर कृषिमा निर्भर हुनसक्ने उहाँको भनाइ थियो । भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै...
-
२०७६ जेठ ८, बुधबार
बढ्दो गर्मीले जनजीवन कष्टकर
लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन् । चर्को घामको रापले बन्द...


