राष्ट्रिय
-
२०७६ जेठ ८, बुधबार
केदारनाथको मन्दिर उद्घाटन
भक्तपुर दरबार स्क्वायरस्थित पुरातात्विक एवं ऐतिहासिक केदारनाथ मन्दिरको मङ्गलबार उद्घाटन गरिएको छ । गत २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको उक्त मन्दिर नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नुभएको हो । भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरस्थित केदारनाथको मन्दिर भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरेको हो । कार्यक्रममा सांसद सुवालले...
-
२०७६ जेठ ८, बुधबार
नेपालगञ्जमा आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण हुँदै
प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालीन कार्य सञ्चालन गर्न नेपालगञ्ज विमानस्थल परिसरमा फर्वार्ड लजिस्टिक बेस आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण गरिने भएको छ । गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रम डब्लुएफपी द्वारा सञ्चालित हुने गरी प्रदेश नं ५ मा निर्माण गर्न लागिएको आपत्कालीन प्रतिकार्य केन्द्रको भवन बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री बेरोनेस एलिजाबेथ...
-
२०७६ जेठ ८, बुधबार
‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०१९’ सम्पन्न
सिजन मिडियाले विभिन्न १६ विधामा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिलाई सम्मान गरेको छ । एक दशक पूरा गरेको अवसर पारेर मङ्गलबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा १० वर्षदेखि सक्रिय रही सफलता हासिल गरेका व्यक्तित्वलाई सम्मान गरिएको हो । वर्ष २०१९ को ‘उत्कृष्ट कला र ग्राफिक डिजाइनर’मा विशाल चौधरी, ‘उत्कृष्ट युवा महिला उद्यमी’मा शान्ति लिम्बू, ‘...
-
२०७६ जेठ ८, बुधबार
४१औँ दिनमा सगरमाथा आरोहण
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गर्नुभएको छ । विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गर्नुभएको हो । आइल्याण्ड हिमाल चढिसक्नुभएका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण...
-
२०७६ जेठ ८, बुधबार
बढ्दो गर्मीले जनजीवन कष्टकर
लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो । बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन् । चर्को घामको रापले बन्द...
-
२०७६ जेठ ८, बुधबार
बढैयातालमा वनबाटिका निर्माण हुने
बर्दियाको बढैयातालमा वनवाटिका निर्माण हुने भएको छ । बढैयाताल गाउँपालिकाअन्तर्गत मानझुन्डी सामुदायिक वनको गुलरिया–नेपालगञ्ज हुलाकी सडकको दक्षिणतर्फ रहेका सो तालमा वनबाटिका निर्माण हुने भएको हो । शहरी वन तथा नगर वन उद्यान कार्यक्रमअन्र्तगत डिभिजन वन कार्यालय बर्दियाको रु १० लाख, बढैयाताल गाउपालिकाको रु छ लाख र मानझुन्डी सामुदायिक उपभोक्ता समूहको जनसहभागिताबापत रु एक लाख ४० हजार गरी कूल रु १६...
-
२०७६ जेठ ८, बुधबार
कृषि क्षेत्रमा सघाउन इजरायल तयार राजदूत ओमर
नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले धेरै कुरा सिकेर कृषिमा निर्भर हुनसक्ने उहाँको भनाइ थियो । भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै...
-
२०७६ जेठ ८, बुधबार
महिला पोलिटेक्निक कलेज खोलिने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटी ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ । महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताउनुभयो । प्रमुख र उपप्रमुख...
-
२०७६ जेठ ८, बुधबार
पाँचथर घटनाको सुक्ष्म छानबिन हुन्छ ः गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सुक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गर्नुभयो । उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न...
-
२०७६ जेठ ८, बुधबार
मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । गए राति ११ बजे दुर्घटना भएको थियो । उपचारका क्रममा उनको नेपालगञ्ज मेडिकल कलेजमा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
-
२०७६ जेठ ७, मंगलबार
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ शाह
नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ । सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो । सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार अलोकतान्त्रिक भएको र...
-
२०७६ जेठ ७, मंगलबार
प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट
लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले रु एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता...


