राष्ट्रिय
-
२०७६ जेठ ८, बुधबार
राप्रपा केन्द्रीय समिति बैठक काठमाडौँमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौँमा हुने भएको छ । बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट सङ्कलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको नेता...
-
२०७६ जेठ ८, बुधबार
म्यान्मारमा अर्को वर्ष संसदको चुनाव
म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको राम्रोसँग व्यवस्था गर्न तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचन क्षेत्रहरुको सीमा निर्धारण गर्न आग्रह गर्नुभयो । राष्ट्रपति मिन्टले...
-
२०७६ जेठ ८, बुधबार
विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा
नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गर्नुभएको हो । उहाँले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण...
-
२०७६ जेठ ८, बुधबार
चलचित्र पत्रकार सघंको २० औ स्थापना दिवस, पाचँ पत्रकार सम्मान
चलचित्र पत्रकारहरुको छाता संगठन को रुपमा वि.सं । २०५६ जेठ ७ गते स्थापना भएको दिनलाई स्मरण गर्दै चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस, भव्य रुपमा सम्पन्न गरेको छ भने सोही अवसरमा यस क्षेत्रमा कार्यरत पॉच चलचित्र पत्रकारहरुलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार...
-
२०७६ जेठ ८, बुधबार
बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा
विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् । कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते...
-
२०७६ जेठ ८, बुधबार
ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै प्रहरी
भीमदत्तनगरपालिकाभित्रका अधिकांश विद्यालयले बस सञ्चालन गरेका छन् । तर ती बसको अवस्थावारे अभिभावरुमा जागरुकता नदेखिएको पाइएको छ । हरेक वर्ष शैक्षिक प्याकेजमा अभिभावकको मत जित्न विभिन्न प्रकारका सेवा÷सुविधा र शैक्षिक गुणस्तरको रटानले नथाक्ने विद्यालय स्कूले बालबालिका बोक्ने बसको हालतबारे भने बेखबरजस्तै बन्ने प्रवृत्ति बढेको छ । नगरपालिकाभित्र झण्डै ७० वटा निजी विद्यालय रहेका छन् । सार्वजनिक...
-
२०७६ जेठ ८, बुधबार
नगरपालिकाको काम ठप्प
सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् । ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाम ठप्प...
-
२०७६ जेठ ८, बुधबार
उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग
राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् । डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो...
-
२०७६ जेठ ८, बुधबार
विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता
सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक...
-
२०७६ जेठ ८, बुधबार
माछा महोत्सव गरिने
कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म ‘फिस फेस्टेबल’को आयोजना गर्ने भएको छ । विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा...
-
२०७६ जेठ ८, बुधबार
छ हजार ट्याक्सीको मिटर भाडा समायोजन
नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा...
-
२०७६ जेठ ८, बुधबार
प्रदेश तहमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्थापना हुने
प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५ र औद्योगिक व्यवसाय विकास विधेयक, २०७५’ छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा दिव्यमणिराज भण्डारी, प्रेम सुवाल, देवप्रसाद गुरुङ, रामवीर मानन्धर र...


