राष्ट्रिय
-
२०७६ जेठ ९, बिहिबार
स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित
प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसैगरी बुधबार नै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा विभूषण पदक प्रदान गर्न सिफारिसको...
-
२०७६ जेठ ९, बिहिबार
गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ ः मन्त्री केसी
कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी दिनुभयो । “हामी गरीब र भूमिहीनहरुको पक्षमा नीति तथा...
-
२०७६ जेठ ९, बिहिबार
आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित
सशस्त्र प्रहरी बल एपीएफ ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गर्नुभएको हो । उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९...
-
२०७६ जेठ ९, बिहिबार
पोखरी पुनःनिर्माण सिक्न ललितपुरको टोली भक्तपुरमा
काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीहरुसँग ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले बुधबार भेट गर्दै पोखरी जिर्णोद्धारका बारेमा जानकारी लिएका छन् । ललितपुर महानगरपालिका–५ स्थित न्हुँपुखु पुनःनिर्माणका लागि त्यस वडाका सदस्य अशोककुमार श्रेष्ठ नेतृत्वको टोलीले भक्तपुर नगरप्रमुख सुनिल प्रजापति लगायतसँग भेटघाट तथा छलफल गरेको हो । भेटमा...
-
२०७६ जेठ ९, बिहिबार
वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा विकासका काम प्रभावित
प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा डडेल्धुरामा कतिपय विकास निर्माणका काममा अवरोध सृजना भएको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा विशेषगरी वनजङ्गल भएको क्षेत्रमा विकास निर्माणको काममा समस्या उत्पन्न भएको हो । डडेल्धुरादेखि भागेश्वर गाउँपालिकाको वगरकोटसम्मको ३२ केभी विद्युत् प्रसारण लाइन जङ्गलका कारण विस्तार हुन नसकेको...
-
२०७६ जेठ ९, बिहिबार
कैदीबन्दी महिलाले उत्पादन गरेको झोला खरीद
झापा जिल्ला कारागारका महिला कैदीबन्दीलाई एबिसी नेपालले आत्मनिर्भर बनाउन ‘सीप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने नारा सहित सञ्चालन गरेको तीन महीने झोला सिलाइबुनाइ तालीम समापनका अबसरमा सहभागीहरूले झोला खरिद गरेका छन् । प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्र प्रहरी गण चन्द्रगढीका प्रहरी उपरीक्षक रेशमकुमार थम्सु, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य सङ्घका...
-
२०७६ जेठ ९, बिहिबार
कास्कीकोटको धार्मिक एवं ऐतिहासिक महत्व जोगाउने चिन्ता
झण्डै छ हजार वर्षअघि कश्यप ऋषिले तपस्या गरेको तपोभूमि र नेपालका शाहवंशीय राजाको उद्गमस्थल कास्कीकोटको समग्र पर्यटकीय विकास यतिखेर चासो र चर्चाको विषय बनेको छ । ऐतिहासिक एवं धार्मिक महत्वको स्थल भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको विकासका लागि स्थानीयवासी, जनप्रतिनिधि यतिखेर सक्रियताका साथ लागि परेका छन् । स्थानीय तहमा विकासको पहलका साथै प्रदेश एवं सङ्घस्तरमा पनि यसको संरक्षण र...
-
२०७६ जेठ ९, बिहिबार
बालीघरे प्रथाविरुद्ध अभियान
परम्परागत बालीघरे प्रथा हटाउन काठेखोला गाउँपालिकाका दलित समुदायले अभियान थालेका छन् । आगामी पुसभित्र काठेखोलालाई बालीघरे प्रथामुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । ‘दलित बालीघरे प्रथाविरुद्ध साझा अभियान’ सञ्चालन गरिएको दलित अगुवाले जनाएका छन् । दलित समुदायलाई सशक्त र सङ्गठित गर्न अभियान थालिएको हो । बालीघरे प्रथाविरुद्ध जागरण अभियान चलाउन गाउँ कार्यपालिका सदस्य सुन्तली विकको अध्यक्षतामा...
-
२०७६ जेठ ९, बिहिबार
नागरिकता विधेयकविरुद्ध तीन दल
राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए । नेपालको राष्ट्रियतामा आ“च आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको...
-
२०७६ जेठ ९, बिहिबार
‘भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक’
कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल दिन विधेयक ल्याएको आरोप लगाएका हुन् । वरिष्ठ कानून व्यवसायी बालकृष्ण न्यौपाने, स्वतन्त्र...
-
२०७६ जेठ ९, बिहिबार
हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर कालोपत्र
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढे १२ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनीयर मुकेशकुमार शाहले बताउनुभयो । ३३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने भए पनि अझै साढे...
-
२०७६ जेठ ९, बिहिबार
संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसाथ गरौँ ः उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । “संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही...


