STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १०, शुक्रबार

    जन्ती र मलामीको अभाव

    बसाइँसराइकै कारण केही वर्ष पहिलासम्म खचाखच रहेका गाउँ रित्तिएका छन् । ठूलो दूरीमा रहेका केही घरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुने गरेको छ । “बागलुङका गाउँबाट बसाइँ सर्नेको ठूलै लर्को दखियो, अलिअलि भएका युवापुस्ता विदेशमा, गाउँमा केटाकेटी र बूढाबूढीमात्रै”, जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले भन्नुभयो, “शहर र सुगम खोज्नेका कारण गाउँ...

  • २०७६ जेठ १०, शुक्रबार

    दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सम्पन्न

    नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराउनुभयो । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको...

  • २०७६ जेठ १०, शुक्रबार

    असिनाले करोडौं मूल्यका बाली नष्ट

    लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिनुभयो । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताउनुभयो । उहाँले...

  • २०७६ जेठ १०, शुक्रबार

    चितवन दूधमा आत्मनिर्भर

    चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिनुभयो । विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षीको...

  • २०७६ जेठ १०, शुक्रबार

    गलत सूचनाले विदेशी पर्यटक समस्यामा

    अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडाँैबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र...

  • २०७६ जेठ १०, शुक्रबार

    नेपाल–भारत मैत्री समाजद्वारा सामग्री वितरण

    नेपाल–भारत मैत्री समाजले आज पोखराको लेखनाथस्थित भण्डारढिकमा युवा क्लबलाई खेल सामग्री र आमा समूहलाई सिलाइ मेसिन, पाल र खानेपानीको ट्याङ्की प्रदान गरेको छ । सो अवसरमा छ वटा युवा क्लबलाई नौ थान भलिबल, २० थान फुटबल र दुई थान बास्केटबल प्रदान गरिएको छ भने अर्घौं तमु समाजलाई दुई थान पाल, एक हजार लिटरको खानेपानी ट्याङ्की र सात वटा आमा समूहलाई १८ वटा सिलाइ मेसिन वितरण गरिएको हो ।    नेपाल–भारत मैत्री...

  • २०७६ जेठ १०, शुक्रबार

    उत्पादनका आधारमा अनुदान दिन निर्देशन

    गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको उपस्थितिमा उक्त समितिले कृषि मन्त्रालयको अहिलेको अनुदान दिने प्रक्रिया वितरणमुखी भएकाले यसलाई रोक्न मन्त्रालयलाई निर्देशन दिएको हो ।  समितिका सभापति दीपक कोइरालाले काम, क्षमता र उत्पादनका आधारमा प्रतिफल दिने गरी मात्र सरकारले अनुदान...

  • २०७६ जेठ १०, शुक्रबार

    जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु

    जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ...

  • २०७६ जेठ १०, शुक्रबार

    ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

    दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ ।  सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो...

  • २०७६ जेठ १०, शुक्रबार

    बसपार्क नहुँदा समस्या

    सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला...

  • २०७६ जेठ १०, शुक्रबार

    जसले चुनौतीको चुचुरो चुम्दै इतिहास बनाए

    इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मि उचाइ को मापन पहिलोपटक नेपाल आफैँले नाप्न सक्छ भन्ने सन्देश संसारलाई दिएको छ ।  सगरमाथा मापनको काम ६५ वर्षदेखि विभिन्न मुलुकले...

  • २०७६ जेठ १०, शुक्रबार

    मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’

    के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ रु त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो ।  यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क...

Pages