relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १२, आइतबार

    रामग्राम स्तुपबाट दोस्रो चरणको ‘रोड शो’ शुभारम्भ

    प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो चरणको रोड शो सडक प्रदर्शनी आजदेखि शुरु भएको छ । बीस लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले गत जेठ ४ गते भ्रमण वर्षको औपचारिक घोषणा गरेको थियो । पश्चिम नवलपरासीस्थित भगवान गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपबाट आज बिहान दोस्रो चरणको सडक प्रदर्शनी शुभारम्भ गरिएको...

  • २०७६ जेठ १२, आइतबार

    माझी समुदायः सरकारी जागिरतर्फ आकर्षित

    माछा मारेर जीविकोपाजर्न गर्ने माझी समुदायले आफ्नो पुर्खौली पेशा परिवर्तन गर्न थालेका छन् ।  अल्पसङ्ख्यकको सूचीमा रहेका कैलालीका माझी समुदाय माछा मार्न छोडेर अन्य पेशा रोज्न थालेका हुन् । नदी किनारमा बस्ने माझीको मुख्य पेशा माछा मार्ने हुन्थ्यो । विस्तारै माझी समुदायका युवा सरकारी जागिर रोज्न थालेका छन् । सरकारले माझीलाई अल्पसङ्ख्यकको सूचीमा राखेपछि माझीले हरेक क्षेत्रमा अवसर पाउनसमेत सजिलो भएको छ...

  • २०७६ जेठ १२, आइतबार

    छ सय विद्यार्थीलाई शैक्षिक सामग्री

    जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताउनुभयो । अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भीमसेन...

  • २०७६ जेठ १०, शुक्रबार

    द्वन्द्वकालीन रोल्पाकी मृतक सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या

    “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिनुभयो । अलिक मन बलियो बनाउँदै उहाले थप्नुभयो, “पहिले त...

  • २०७६ जेठ १०, शुक्रबार

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका दुई हजार ९५४ जनाले बेरोजगार फारम भरेका हुन् । प्रत्येक स्थानीय तहको वडाबाटै बेरोजगार हुनेहरुको तथ्याङ्क सङ्कलन गरिएको थियो । चार वटा नगरपालिकामा...

  • २०७६ जेठ १०, शुक्रबार

    आधुनिक बसपार्क निर्माण हुँदै

    टीकापुर बसपार्क व्यवस्थितबनाउन थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले टीकापुर बसपार्क व्यवस्थित बनाउन बजेट विनियोजन गरेपछि धमाधम निर्माण कार्य भइरहेको छ । टीकापुर बसपार्कमा एक तलाको टर्मिनल भवन काउण्टर निर्माण हुने भएको छ । “बसपार्कमा टिकट काउण्टर, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, क्यान्टिनको व्यवस्था हुनेछ ।” शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढी...

  • २०७६ जेठ १०, शुक्रबार

    पदमराज ढकालको एकल साँझ काठमाडौंमा

    लोकगायक एवं गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौँमा हुने भएको छ । जेठ १८ गते काठमाडौँको सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करीब १४ गीत प्रस्तुत गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त कार्यक्रममार्फत बचत भएको रकम कलाकार उपचार कोष तथा स्रष्टा सम्मान कोषमा जम्मा गरिने पदमराज ढकाल एकल साङ्गीतिक कार्यक्रम–२०७६ का मूल आयोजक समितिका...

  • २०७६ जेठ १०, शुक्रबार

    छाडा चौपाया व्यवस्थापनको चुनौती

    नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्य चोकमा मात्र होइन, गल्लीमा सयाँैको सङ्ख्यामा भेट्न सकिन्छ ।  केही समयअघि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको आग्रह नेपाली सेनाले नमानेपछि नेपालगञ्जको पुरैनीको खुल्ला...

  • २०७६ जेठ १०, शुक्रबार

    ‘मोयाकै नाम प्यारो’ बजारमा

    ‘राम्रो फूल गाउँमै फूले त गीतसहित साङ्गीतिक क्षेत्रमा पहिलोपटक विसं २०५९ मा म्युजिक भिडियोसहित सार्वजनिक भएकी गायिका अनिता पन्त यतिखेर ‘मोयाकै नाम प्यारो’ गीतको लोकदोहोरी भिडियोसहित बजारमा आउनुभएको छ । गायक तथा सर्जक रमेशबाबु थापाको लय तथा शब्द रहेको गीतको भिडियोमा गायिका पन्तले स्वर दिनुभएको छ । भिडियोमा प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनका साथै रमेशबाबु र सुप्रिया रानाको अभिनय छ । विश्वास...

  • २०७६ जेठ १०, शुक्रबार

    तिलोत्तमामा भू–उपयोग मापदण्ड २०७६ जारी

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरेर भू–उपयोग मापदण्ड, २०७६ जारी गरेको छ । नगरपालिकाले यसअघि लागू गरेको जग्गा विकाससम्बन्धी मापदण्ड, २०७४ खारेज गरी उक्त मापदण्ड ल्याएको हो । कृषि, वन, नापी तथा सरोकार भएकाहरूको प्रतिनिधित्व रहेको जग्गा उपयोगिता विश्लेषण प्राविधिक समितिको सिफारिसका आधारमा नगर कार्यपालिकाले भू–उपयोग मापदण्ड जारी गरेको हो । मापदण्डमा जग्गा...

  • २०७६ जेठ १०, शुक्रबार

    फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

    व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो । फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६।५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन्...

  • २०७६ जेठ १०, शुक्रबार

    राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

    नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।  लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण...

Pages