राष्ट्रिय
-
२०७६ जेठ १२, आइतबार
स्पोर्टस् अवार्ड असारमा
नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डको १६औँ संस्करण आगामी असार १७ गते हुने भएको छ । खेल क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिने सो कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिने मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । यस वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी...
-
२०७६ जेठ १२, आइतबार
छ सय विद्यार्थीलाई शैक्षिक सामग्री
जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताउनुभयो । अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भीमसेन...
-
२०७६ जेठ १२, आइतबार
रामग्राम स्तुपबाट दोस्रो चरणको ‘रोड शो’ शुभारम्भ
प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो चरणको रोड शो सडक प्रदर्शनी आजदेखि शुरु भएको छ । बीस लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले गत जेठ ४ गते भ्रमण वर्षको औपचारिक घोषणा गरेको थियो । पश्चिम नवलपरासीस्थित भगवान गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल रामग्राम स्तूपबाट आज बिहान दोस्रो चरणको सडक प्रदर्शनी शुभारम्भ गरिएको...
-
२०७६ जेठ १२, आइतबार
माझी समुदायः सरकारी जागिरतर्फ आकर्षित
माछा मारेर जीविकोपाजर्न गर्ने माझी समुदायले आफ्नो पुर्खौली पेशा परिवर्तन गर्न थालेका छन् । अल्पसङ्ख्यकको सूचीमा रहेका कैलालीका माझी समुदाय माछा मार्न छोडेर अन्य पेशा रोज्न थालेका हुन् । नदी किनारमा बस्ने माझीको मुख्य पेशा माछा मार्ने हुन्थ्यो । विस्तारै माझी समुदायका युवा सरकारी जागिर रोज्न थालेका छन् । सरकारले माझीलाई अल्पसङ्ख्यकको सूचीमा राखेपछि माझीले हरेक क्षेत्रमा अवसर पाउनसमेत सजिलो भएको छ...
-
२०७६ जेठ १२, आइतबार
नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख
मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७।७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताउनुभयो । नगरपालिकाले आयतर्फ आन्तरिक...
-
२०७६ जेठ १२, आइतबार
तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन
पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ ।उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल...
-
२०७६ जेठ १२, आइतबार
सहकारीबाट महिला आत्मनिर्भरतर्फ उन्मुख
रामपुर नगरपालिका–१० पाल्पाका महिला सहकारीलाई सहारा बनाएर कृषि कर्ममार्फत आत्मनिर्भर हुन थालेका छन् । बाख्रा, भैँसी, बङ्गुर, कुखुरापालन तथा तरकारीखेती गरेर आत्मनिर्भर बनेका महिला पछिल्लो समय भने तराईतिरबाट उन्नत जातका भैँसी ल्याएर पालन शुरु गरेका छन् । आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ऋण लिएर महिलाले यतिबेला भैँसी पालन व्यवसाय शुरु गरेका हुन् । आफूलाई चाहिएको टिका, पोते, सिन्दुरका...
-
२०७६ जेठ १२, आइतबार
सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री
सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए । पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुग्नुभएका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे...
-
२०७६ जेठ १२, आइतबार
चारैतिर खानेपानीको हाहाकार
‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै शुरु हुन्छ । बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला निलो जर्किन लिएर हतारहतार गाउँमाथिको खानेपानी ट्याङ्कीमा पुगे । ट्याङ्कीमा भीड लाग्यो । भीडमा थिइन् ५० वर्षीया...
-
२०७६ जेठ १२, आइतबार
बजेट नभएर पार्क बन्न ढिलाइ
एक सय नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा बजेट अभाव भएर पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण पूर्वाधार निर्माणलाई तीव्रता दिन समस्या परेको हो । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही...
-
२०७६ जेठ १२, आइतबार
कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निमार्र्णकार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती ९न्यू बुटवल २२०÷१३२ केभी सवस्टेशन० आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना लाग्ने आयोजनाले जनाएको छ । २२०÷१३२÷३३÷११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने...
-
२०७६ जेठ १२, आइतबार
फोक्सुण्डो तालको गहिराइ नाप्न विज्ञ टोली डोल्पामा
डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड...


