राष्ट्रिय
-
२०७६ जेठ १४, मंगलबार
गण्डकीमा तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने
गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जसअनुसार जेठ १४ गते आज पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण...
-
२०७६ जेठ १४, मंगलबार
छ करोडको लागतमा सडक विस्तार शुरु
सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हँुदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा हिजो सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा...
-
२०७६ जेठ १४, मंगलबार
पाँचखालमा चोरी बढ्दै
पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको हो । जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्किङ गरिएको करीब दर्जन डोजर र स्काभेटरका ब्याट्री तथा इन्धनसमेत चोरी भएको पाँचखाल प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक शिवहरि...
-
२०७६ जेठ १४, मंगलबार
भारतले फेरी नाकामा ट्याङ्कर रोकेपछि पेट्रोलियम पदार्थको हाहाकार
भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ जेठ १४, मंगलबार
विद्युत सेवा अनियमित हुँदा समस्या
बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या भएको छ । विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीलाई समेत समस्या भएको छ । विद्युत् अनियमित हुँदा जिल्ला...
-
२०७६ जेठ १४, मंगलबार
विश्वकै अग्लो छुमचौरमा धान रोपाइँ महोत्सव
सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो ९खेतहरु० मा कृषकले मार्सी रोपेका छन् । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको...
-
२०७६ जेठ १४, मंगलबार
फोहर व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण
भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलले सोमबार भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाएको छ । भक्तपुर नगरको फोहरको छुट्टै व्यवस्थापन गर्ने उद्देश्यले सात महीनाअघि गठन गरिएको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको हो । कार्यदलका संयोजक अमितशङ्कर रञ्जितले नगरप्रमुख प्रजापतिलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा नगरका विभिन्न क्षेत्रबाट निस्किने कुहिने, नकुहिने र स्वास्थ्य...
-
२०७६ जेठ १४, मंगलबार
सौराहामा गैँडाको झझल्को दिने सभाहल निर्माण गरिँदै
पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा रु ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल दुई हजार १०० वर्गमिटरको हुने भुसालले बताउनुभयो । सभाहलमा एक...
-
२०७६ जेठ १४, मंगलबार
श्रमिक बालकलाई विद्यालय भर्ना
दिपालय सिलगढी नगरपालिकाले नगरक्षेत्रमा रहेका चार श्रमिक बालकलाई विद्यालय भर्ना गरेको छ । नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ती बालकलाई दिपायलस्थित राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरपालिकालाई नै बालश्रममुक्त बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चार जना श्रमिक बालकलाई स्कुल भर्ना...
-
२०७६ जेठ १४, मंगलबार
विद्युतीय रेल मार्गको ९३।६ किमी निर्माण
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको...
-
२०७६ जेठ १३, सोमबार
दुई परिवारले वडालाई दिए निःशुल्क जग्गा
यहाँका स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । वालिङ नगरपालिका–२ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका हुन् । वालिङ वडा नं २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष पोतप्रसाद...
-
२०७६ जेठ १३, सोमबार
परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँदै
निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो । झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए । यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो । तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ । पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका...


