STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुई परिवारले वडालाई दिए निःशुल्क जग्गा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

यहाँका स्थानीयले वडा कार्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । वालिङ नगरपालिका–२ को वडा कार्यालयको भवन निर्माणका लागि दुई परिवारले आठ आना जग्गा उपलब्ध गराएका हुन् । 
 
वालिङ वडा नं २ सिमलचौपारीका सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले चार आना, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले चार आना गरी कूल आठ आना जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । 
 
चलनचल्तीको मूल्यअनुसार सूर्यप्रसाद रेग्मी र ईश्वरीप्रसाद रेग्मीले उपलब्ध गराउनुभएको चार आना जग्गाको बिक्री मूल्य करीब रु बीस लाख, डबलप्रसाद रेग्मी र थानेश्वर रेग्मीले उपलब्ध गराउनुभएको चार आना जग्गाको बिक्री मूल्य रु दश लाख गरी कूल ३० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको वडाध्यक्ष लम्सालले बताउनुभयो । 
 
“वडाले पायक पर्ने स्थानमा वडा कार्यालयका लागि निःशुल्क जग्गा माग गरेकाले हामीले निःस्वार्थ भावले जग्गादान दिएका हौँ”, जग्गादाता सूर्यप्रसादले भन्नुभयो, “आशा छ हामीले दिएको जग्गा सामाजिक हितका लागि प्रयोग भई वडावासी लाभान्वित हुनेछौँ ।” “वडालाई जग्गा प्राप्त भइसकेपछि अब कार्यालय भवनका लागि स्रोत जुटाउनतर्फ लाग्नेछौँ”, वडाध्यक्ष लम्सालले भन्नुभयो, “वडालाई निःशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादातालाई वडाको तर्फबाट धन्यवाद दिँदै सम्मान व्यक्त गर्दछु ।”
Categorized in राष्ट्रिय