STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १४, मंगलबार

    विद्युतीय रेल मार्गको ९३।६ किमी निर्माण

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको...

  • २०७६ जेठ १४, मंगलबार

    यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजश्व

    शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो ।  जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो । ...

  • २०७६ जेठ १४, मंगलबार

    ‘सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’

    नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गर्नुभएको शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान...

  • २०७६ जेठ १४, मंगलबार

    समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका ः अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उहाँले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताउनुभयो ।  “देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग...

  • २०७६ जेठ १३, सोमबार

    १० वर्षमा पनि बनेन् दुखुखोलाको पुल

    २०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् । तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलीप० मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि...

  • २०७६ जेठ १३, सोमबार

    गणतन्त्र दिवसका लागि तयारी गर्दै कामपा

    काठमाडौँ महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ । आगामी जेठ १५ गते मनाइने ११औँ गणतन्त्र दिवसका लागि कामपाले प्रमुख विद्यसुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थान उपसमिति नै गठन गरेर तयारी थालेको छ । उपसमितिका सदस्य सचिव विष्णु जोशीका अनुसार तयारीस्वरुप अहिले सरसफाइ र अन्य सजावको काम भइरहेको छ । उक्त दिन कामपाको तर्फबाट खानेपानीको व्यवस्था, बस्नका लागि एक हजार...

  • २०७६ जेठ १३, सोमबार

    अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या

    पर्वत जिल्ला अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस, हाइड्रोसिललगायत सामान्य शल्यक्रिया सेवा शुरु भएको दुई वर्ष भइसक्यो । उच्च प्रविधिको डिजिटल एक्सरे सेवा शुरु भएको अस्पताल विकास समितिको दाबी छ । समिति भन्छ, “थाइराइड परीक्षण, रगतको जाँच चौबीसैँ घण्टा इमर्जेन्सी सेवा विस्तार गरेका छौँ ।”  १५ श्यया क्षमताको अस्पतालमा यस्ता सेवा शुरु हुनुलाई असाधारण सेवा प्रदान गरिएको समितिको भनाइ हो तर, यी सेवा...

  • २०७६ जेठ १३, सोमबार

    विद्रोही पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण 

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुव्र्यवहारका घटना बढ्दै गएकामा  सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।     प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, सुजाता परियार, हरिराज अधिकारी,...

  • २०७६ जेठ १३, सोमबार

    युनियनको रजत वर्ष शुभारम्भ गर्दै वाकाथुन

    नेपाल प्रेस युनियन चितवनको आयोजनामा आज बिहान यहाँ सामूहिक हिँडाइ वाकाथुन कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुल्चोकसम्म झण्डै ५०० सहभागीसँगै हिँडेका थिए ।  युनियनले रजत वर्ष शुभारम्भको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, नेपाली...

  • २०७६ जेठ १३, सोमबार

    प्रस्ताव स्वीकृत

    ‘गुठी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्नुभएको थियो ।  सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सांसद अनिता देवकोटाले निजी गुठीलाई प्राधिकरणको रूपमा भन्दा पनि...

  • २०७६ जेठ १३, सोमबार

    अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग

    अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् । कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् । अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत...

  • २०७६ जेठ १३, सोमबार

    दुई विधेयक विधायन समितिमा

    राष्ट्रियसभाको आजको बैठकमा ‘सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।    त्यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले...

Pages