राष्ट्रिय
-
२०७६ जेठ १३, सोमबार
नेपाल भारतको दशगजा क्षेत्रमा सीमास्तम्भ निर्माण
नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद...
-
२०७६ जेठ १३, सोमबार
प्राविधिक शिक्षालय बढे
सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिन थालेपछि यस धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्या ४३४ पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण, २०७५÷०७६ ले विगतका १५० प्राविधिक विद्यालयसहित प्राविधिक धारको शिक्षाको पठनपाठन हुने विद्यालयको सङ्ख्यामा वृद्धि भएको देखाएको हो । सरकारले विद्यालय शिक्षामा ७० प्रतिशतसम्म...
-
२०७६ जेठ १३, सोमबार
आदेश्वर पार्कको निर्माण शुरु
धार्मिक तथा ऐतिहासिक महत्व बाकेका नागार्जुन नगरपालिका–५ स्थित आदेश्वरमा ‘पार्क’ निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको रु ५० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त पार्क करीब २२ रोपनी क्षेत्रफलमा फैलिएका छन् । पार्कमा ऐतिहासिक तथा धार्मिक महत्व झल्किने खालका वस्तु राखिने छ । पार्कमा हरियाली वातावरणसँगै वनभोज स्थल, स–साना कार्यक्रम आयोजना गर्न डबली, मन्दिर÷स्मारक र बालबालिकाका लागि खेलकूद...
-
२०७६ जेठ १३, सोमबार
सात प्रतिशत आर्थिक वृद्धिदर रहने
आर्थिक वर्ष २०७५÷०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार दशमलव दुई प्रतिशत रहने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक...
-
२०७६ जेठ १३, सोमबार
आर्च ब्रिज सञ्चालनमा आउने
पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल आर्च ब्रिज यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी रहेको छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरु हुँदैछ । तनहुँतर्फ पुल भन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो...
-
२०७६ जेठ १२, आइतबार
शालग्राम सङ्ग्रहालय निर्माणमा ८० लाख बजेट
शालग्राम संरक्षणका बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन भूमिगत शालग्राम सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारले रु ८० लाख बजेट विनियोजन गरेको छ । शालिग्राम सङ्ग्रहालयको विस्तृत योजना प्रतिवेदन डिपिआर कार्यान्वयनका लागि बागलुङ नगरपालिकाको पहलमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले हालै उक्त रकम विनियोजन गरेको हो । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि निर्माण...
-
२०७६ जेठ १२, आइतबार
शैक्षिक सामग्रीले ल्यायो अनाथ असहाय बालबालिकामा खुशीयाली
रामपुर नगरपालिका– ७ बस्ने १४ वर्षका रेशम सुनार बुबाआमाको मृत्यु भएपछि आफन्तको सहारामा बस्दै आउनुभएको छ । दुबै अभिभावक गुमाउनुको पीडा त छ नै, पठनपाठनमा पनि उत्तिकै समस्या झेल्नु परेको छ । सुनार आधारभूत माविमा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई पढेर ठूलो मान्छे बन्ने रहर छ तर सहयोगी मनको खाँचो पनि उत्तिकै छ । सुनारलाई पठनपाठनमा हौसला बढाउन रामपुर नगरपालिका–७ को कार्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग...
-
२०७६ जेठ १२, आइतबार
दुई हजारले रोजगार पाउने
सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५÷०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार दिने भनिएको छ । जिल्लाको वैजनाथमार राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा र जानकीमा १४०...
-
२०७६ जेठ १२, आइतबार
धारिलो हतियार प्रयोग गरी युवकको हत्या
दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ । हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न...
-
२०७६ जेठ १२, आइतबार
१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान
निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताउनुभयो...
-
२०७६ जेठ १२, आइतबार
सिकलसेल एनिमियाको औषधि अभाव
दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५÷६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताउनुभयो । “५÷६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।” राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क...
-
२०७६ जेठ १२, आइतबार
“पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा आवश्यक”
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायको पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा निर्माण गर्नुपर्ने बताउनुभएको छ । आज रुपन्देहीको मणिग्राममा थारु आयोगले आयोजना गरेको छलफलमा उहाँले थारु समुदायको ज्ञान, सीप र प्रविधिको क्षेत्रमा काम गर्न सकिने बताउनुभयो । अध्यक्ष चौधरीले सो समुदायको इतिहासको विस्तृत अध्ययन गर्ने काम भइरहेको जानकारी दिँदै भाषाको कठिनाइ, कठरिया र राना थारुको अलग...


