राष्ट्रिय
-
२०७६ जेठ १३, सोमबार
बन्दको आंशिक प्रभाव
नेत्रविक्रम चन्द समूहले आज आह्वान गरेको बन्दबाट विराटनगरमा आंशिक प्रभाव परेको छ । बन्दको कारण शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन् । जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को...
-
२०७६ जेठ १३, सोमबार
सगरमाथाको फेदीबाट उपप्रधानमन्त्रीको आह्वान ‘वातावरण संरक्षणमा जुटौँ’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।” नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक...
-
२०७६ जेठ १३, सोमबार
हर्दवामा कागतीखेती
प्रदेश नं ५ सरकारले स्मार्ट कृषि गाउँका रुपमा छनोट गरेको दाङ लमही– ९ हर्दवाका किसानलाई कागतीखेती गर्न सिकाउन थालिएको छ । उक्त गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएकोले त्यहाँ कागतीको उत्पादन बढाउन किसानलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको हो । प्रदेश सरकारको रु ५० लाख बजेटमा तालीम शुरु भएको प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त गाउँको कृषि क्षेत्रको...
-
२०७६ जेठ १३, सोमबार
पत्रकारको न्यूनतम पारिश्रमिकको माग
प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा यहाँ कार्यरत पत्रकारले...
-
२०७६ जेठ १३, सोमबार
अस्पताललाई बजेट माग
यहाँ सञ्चालन भएका आँखा अस्पतालको विकासका लागि गुरुयोजना तयार पारी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर्न बजेट माग गर्नुभएको हो । नेपाल नेत्रज्योति सङ्घ दाङले सङ्घद्वारा सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र...
-
२०७६ जेठ १३, सोमबार
दफावार छलफलका लागि एघार विधेयक समितिमा
प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित समितिमा ११ विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत भएका छन् । ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक २०७५’, ‘ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक, २०७५’ ‘वन विधेयक, २०७५’ वातावरण संरक्षण विधेयक, २०७५’ लाई कानून...
-
२०७६ जेठ १३, सोमबार
गाउँपालिका भवन निर्माणमा जग्गादान
तनहुँको बन्दीपुर गाउँपालिका–१ को कार्यालय भवन निर्माणका लागि सर्वसाधारणले रु पाँच करोड ६० लाख मूल्य बराबरको जग्गादान गरेका छन् । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका र कास्की जिल्ला निवासी सर्वसाधारणले चार रोपनी जग्गादान गरेका हुन् । बन्दीपुर गाउँपालिका–१ निवासी कृष्णराज अधिकारी, सुनिलबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिका–११ निवासी कुलप्रसाद गुरुङ, कृष्णकुमारी गुरुङ, पोखरा...
-
२०७६ जेठ १३, सोमबार
विमानस्थल पुनः सञ्चालनको माग
कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ । सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ । पूर्व वन अधिकृत रमेश...
-
२०७६ जेठ १३, सोमबार
शान्ति समाजद्वारा विष्फोट घटनाको निन्दा
आइतबार उपत्यकाका विभिन्न स्थानमा भएको सिलसिलेबार विष्फोटका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । विष्फोटका कारण चार जनाको ज्यान गएको घटना दुःखद् एवं दुर्भाग्यपूर्ण रहेको समाजले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । घटनाको गहिरो जाँच गरी दोषीमाथि विधिसम्मत कारवाही गर्न समाजका सभापति उत्तम पुडासैनीले आग्रह गर्नुभयो । साथै उक्त विष्फोटनको घटनामा संलग्न नरहेका तर जीवन गुमाउन पुगेका...
-
२०७६ जेठ १३, सोमबार
सहकारी संस्थामै २५ करोड अपचलन
नेपालगञ्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडमा रु २५ करोडभन्दा बढी अपचलन भएको छ । सहकारी वित्तीय संस्थामा कार्यरत केही कर्मचारीबाट ठूलो परिमाणमा रकम अपचलन भएको संस्थाको सञ्चालक समितिले जनाएको छ । ग्राहकको करीब रु ५२ करोड मौज्दात जम्मा गरेको संस्थामा रु २५ करोड अपचलन हुँदा बचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाएका छैनन् । बचतकर्तालाई दिने रकम नभएपछि आइतबारदेखि संस्थाको बोर्ड बैठकले बैंकिङ...
-
२०७६ जेठ १३, सोमबार
बन्दले उपत्यकामा आंशिक असर
नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आज उपत्यकामा आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झँै सार्वजनिक गाडी नचलेका हुन् । निजी गाडी भने सञ्चालनमा छ । उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा बसमा आगजनी गराइएको पाइएको र यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई...
-
२०७६ जेठ १३, सोमबार
अतिक्रमण गरी बनाइएका टहरा भत्काइए
नुवाकोटको विदुर नगरपालिका–२ स्थित जिल्ला प्रशासन कार्यालय नजीक रहेको सरकारी जग्गामा बनाइएका टहराहरु आज डोजर लगाई भत्काइएको छ । विदुरस्थित वनदेवी सामुदायिक वनका नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी केही व्यक्तिले विनाइजाजत अवैध तरिकाले घरटहरा निर्माण गरी बसोवास गर्दै आइरहेका थिए । अतिक्रमण गरी निर्माण गरिएका घरटहरा अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले पटक पटकको आग्रहलाई नटेरेको डिभिजन...


