राष्ट्रिय
-
२०७६ जेठ १०, शुक्रबार
दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सम्पन्न
नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कूल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महीनामा नै स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको जानकारी गराउनुभयो । चीनको साङ्घाइ कन्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनःनिर्माण शुरु गरेको...
-
२०७६ जेठ १०, शुक्रबार
असिनाले करोडौं मूल्यका बाली नष्ट
लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् । तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिनुभयो । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताउनुभयो । उहाँले...
-
२०७६ जेठ १०, शुक्रबार
जन्ती र मलामीको अभाव
बसाइँसराइकै कारण केही वर्ष पहिलासम्म खचाखच रहेका गाउँ रित्तिएका छन् । ठूलो दूरीमा रहेका केही घरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउनसमेत कठिन हुने गरेको छ । “बागलुङका गाउँबाट बसाइँ सर्नेको ठूलै लर्को दखियो, अलिअलि भएका युवापुस्ता विदेशमा, गाउँमा केटाकेटी र बूढाबूढीमात्रै”, जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र भट्टराईले भन्नुभयो, “शहर र सुगम खोज्नेका कारण गाउँ...
-
२०७६ जेठ १०, शुक्रबार
नेपाल–भारत मैत्री समाजद्वारा सामग्री वितरण
नेपाल–भारत मैत्री समाजले आज पोखराको लेखनाथस्थित भण्डारढिकमा युवा क्लबलाई खेल सामग्री र आमा समूहलाई सिलाइ मेसिन, पाल र खानेपानीको ट्याङ्की प्रदान गरेको छ । सो अवसरमा छ वटा युवा क्लबलाई नौ थान भलिबल, २० थान फुटबल र दुई थान बास्केटबल प्रदान गरिएको छ भने अर्घौं तमु समाजलाई दुई थान पाल, एक हजार लिटरको खानेपानी ट्याङ्की र सात वटा आमा समूहलाई १८ वटा सिलाइ मेसिन वितरण गरिएको हो । नेपाल–भारत मैत्री...
-
२०७६ जेठ १०, शुक्रबार
उत्पादनका आधारमा अनुदान दिन निर्देशन
गण्डकी प्रदेश सरकारको अर्थ तथा विकास समितिले उत्पादनका आधारमा मात्र कृषकलाई अनुदान दिन निर्देशन दिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरको उपस्थितिमा उक्त समितिले कृषि मन्त्रालयको अहिलेको अनुदान दिने प्रक्रिया वितरणमुखी भएकाले यसलाई रोक्न मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले काम, क्षमता र उत्पादनका आधारमा प्रतिफल दिने गरी मात्र सरकारले अनुदान...
-
२०७६ जेठ १०, शुक्रबार
चितवन दूधमा आत्मनिर्भर
चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिनुभयो । विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षीको...
-
२०७६ जेठ १०, शुक्रबार
गलत सूचनाले विदेशी पर्यटक समस्यामा
अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडाँैबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र...
-
२०७६ जेठ १०, शुक्रबार
बसपार्क नहुँदा समस्या
सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला...
-
२०७६ जेठ १०, शुक्रबार
जसले चुनौतीको चुचुरो चुम्दै इतिहास बनाए
इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मि उचाइ को मापन पहिलोपटक नेपाल आफैँले नाप्न सक्छ भन्ने सन्देश संसारलाई दिएको छ । सगरमाथा मापनको काम ६५ वर्षदेखि विभिन्न मुलुकले...
-
२०७६ जेठ १०, शुक्रबार
जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु
जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम हुँदैछ । जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न शुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाइँ गर्ने चलन छ...
-
२०७६ जेठ १०, शुक्रबार
ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो...
-
२०७६ जेठ १०, शुक्रबार
सङ्घीय सरकारसँग स्थानीय तहका माग
जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहले थुपै्र योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो । छेडागाड, नलगाड र भेरी नगरपालिका तथा कुशे, जुनिचाँदे बारेकोट र शिवालय गाउँपालिकाले आ–आफ्ना क्षेत्रको खानेपानी, तामा तथा फलाम खानी सञ्चालन, सडक तथा सुरुङ मार्ग...


