STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश समन्वय परिषद्को बैठक

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

सुदूरपश्चिम प्रदेश, प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज यहाँ शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, मुख्य न्यायधिवक्ता, प्रदेशका सबै ८८ स्थानीय तहका प्रमुख, उपप्रमुख, नौ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको छ । 
   
बैठकमा जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका, स्थानीय तहले सेवा प्रवाह गर्दा लगाउने कर, दस्तुर, सेवा शुल्क, आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेट कार्यक्रमका सवालमा राय सुझाव सङ्कलन, स्थानीय न्यायिक समितिको प्रभावकारिता लगायतका विषयमा छलफल गरिने जनाइएको छ । 
  
बैठकमा आर्थिक ममिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले परिषद्को बैठकले निकाल्ने निष्कर्षबाट सुदूरपश्चिम प्रदेशलाई समृद्धिको दिशामा लैजान सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले नीतिमा समाञ्जस्यता कायम राख्न र बजेट बाँडफाँडमा रणनीतिक साझेदारी बनाउनमा पनि बैठक उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । गत वर्ष असोजमा परिषद्को पहिलो बैठक बसेको थियो । 
Categorized in राष्ट्रिय