राष्ट्रिय
-
२०७६ जेठ १०, शुक्रबार
‘दफ्टर क्लब’ भवन शिलान्यास
काठमाडौँ महानगरपालिका–२३ दफ्टर टोलमा ‘दफ्टर क्लब’ भवन निर्माणको शिलान्यास गरिएको छ । काठमाडौँ क्षेत्र नं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको उक्त दुईतले भवन चालू आवभित्र तयार गरिनेछ । भवन रु २० लाखको लागतमा ज्येष्ठ नागरिकमैत्री भवन निर्माण गरिनेछ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवनको शिलान्यास गर्दै क्लब भवन सबैको साझा स्थल भएको हँुदा सामाजिक...
-
२०७६ जेठ १०, शुक्रबार
रित्तिए गाउँ, सुनसान विद्यालय
केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम आधारभूत विद्यालयमा पनि छ । कर्लिम आधारभूत विद्यालयमा पाँच...
-
२०७६ जेठ १०, शुक्रबार
गाडी किन्न मै सकियो ११ करोड
जिल्लाका नौ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । यो गाउँपालिकाले दीपायल सिलगढी नगरपालिका भन्दा रु १ करोड ६० लाख ६८ हजार १६३ रुपैयाँ बढी खर्च...
-
२०७६ जेठ १०, शुक्रबार
विभिन्न जातका फलफूलका बिरुवा वितरण
बढ्दो बसाइँसराइको क्रमले खाली देखिएको गाउँमा नै रोजगारीका अवसर र आयआर्जनमा सहयोग पुग्ने गरी कास्कीको रुपा गाउँपालिकाले जनतालाई फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ । गाउँका बाँझो जग्गालाई सदुपयोग गरी किसानको आयआर्जनमा सहयोग प¥याउने उद्देश्यले विभिन्न जातका फलफूलका बिरुवा लगाउने योजना बनाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । शुरुमा गाउँपालिकाका सात वटा वडाको माटो परीक्षण गरेर...
-
२०७६ जेठ १०, शुक्रबार
कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान
विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा...
-
२०७६ जेठ १०, शुक्रबार
निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद
बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले उचित भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रका अगुवा र विज्ञको विश्वास छ । संसद्मा प्रस्तुत हुनुपूर्व विधेयकबारे यस क्षेत्रमा भएको...
-
२०७६ जेठ १०, शुक्रबार
७९ उद्योगमाथि मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट,...
-
२०७६ जेठ १०, शुक्रबार
बस पुगेपछि गाउँमा खुशियाली
निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हँुदै स्वागत गरेका छन्...
-
२०७६ जेठ १०, शुक्रबार
धुलाम्य क्षेत्रपाटी–ढल्को सडक
काठमाडौँ महानगरपालिका–१७ स्थित क्षेत्रपाटी–ढल्कोको करीब एक किमी सडक कालोपत्र नहुँदा धुलोले घरमा बस्नै नसकिने अवस्था आएको स्थानीयवासीको गुनासो छ । मेलम्चीको पाइप बिछ्याउन यो सडक खनिएको थियो । सडक खनेर पाइप बिछ्याएको दुई वर्ष पूरा हुँदा पनि कालोपत्र नगरिँदा व्यवसाय गर्न नसकिएको क्षेत्रपाटी चोकमा पसल चलाएर बस्नुभएकी शोभा बज्राचार्यले बताउनुभयो । शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो सडकमा...
-
२०७६ जेठ १०, शुक्रबार
ब्लास्ट रोगका कारण धानखेती सखाप
झापाको कमल गाउँपालिका–२ समयगढमा पाक्न लागेको धानको बोटमा ‘नेक ब्लास्ट’ नामक रोग देखापरेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले ३० हेक्टरमा लगाइएको धानको बोटमा केही दिनयता देखापरेको सो रोगले धानखेती सखाप भएको छ भने थप ६० हेक्टर धान खेतीतिर रोग सर्दै गएको छ । रोग देखापरेको खबर आउनासाथ कृषि ज्ञान केन्द्र झापाले प्राविधिक टोली त्यसतर्फ पठाइसकेको र गाउँपालिकाको स्थानीय कृषि विकास...
-
२०७६ जेठ १०, शुक्रबार
मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार अहिले...
-
२०७६ जेठ १०, शुक्रबार
आलेख ः पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा
ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले...


