राष्ट्रिय
-
२०७६ जेठ ९, बिहिबार
नागरिकता विधेयकविरुद्ध तीन दल
राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन् । आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए । नेपालको राष्ट्रियतामा आ“च आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको...
-
२०७६ जेठ ९, बिहिबार
‘भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक’
कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल दिन विधेयक ल्याएको आरोप लगाएका हुन् । वरिष्ठ कानून व्यवसायी बालकृष्ण न्यौपाने, स्वतन्त्र...
-
२०७६ जेठ ९, बिहिबार
हुलाकी राजमार्गः २२ महीनामा १२ किलोमिटर कालोपत्र
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक अहिलेसम्म साढे १२ किलोमिटर मात्रै कालोपत्र भएको छ । गत वर्ष पुससम्म नौ किलोमिटर सडक कालोपत्र भएको थियो, त्यसयता चार महीनामा साढे तीन किलोमिटर सडक कालोपत्र भएको छ । तीस महीनामा कालोपत्रको काम सक्नुपर्ने भए पनि २२ महीनासम्ममा साढे १२ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनीयर मुकेशकुमार शाहले बताउनुभयो । ३३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने भए पनि अझै साढे...
-
२०७६ जेठ ९, बिहिबार
संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसाथ गरौँ ः उद्योगमन्त्री
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । “संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही...
-
२०७६ जेठ ९, बिहिबार
पास नपाउँदा २० भारतीय तीर्थयात्री फिर्ता
कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले जानकारी दिनुभयो । प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ...
-
२०७६ जेठ ९, बिहिबार
लामखुट्टेबाट जोगिन झूल वितरण
तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो । परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई र सोभन्दा माथि हुनेलाई तीन वटासम्म झूल वितरण गरिएको उहाँले बताउनुभयो । झूल वितरण गर्दै उपमहानगरपालिकाका...
-
२०७६ जेठ ९, बिहिबार
प्रम ओलीबाट भारतीय समकक्षीलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गर्नुभएकामा बधाई दिनुभएको छ । उहाँले अपराह्न १२ बजेर ३८ मिनेट जाँदा ट्विट गर्दै बधाई सन्देश दिनुभएको हो । अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसंँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय...
-
२०७६ जेठ ९, बिहिबार
मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी...
-
२०७६ जेठ ९, बिहिबार
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
निर्माण कम्पनीले गरेको ६ बँुदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताउनुभयो । सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख...
-
२०७६ जेठ ९, बिहिबार
चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो । नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार हजार ७६२ घर पुनर्निर्माणका लागि नगरपालिकाले अनुदान सम्झौता गरेको बताउनुभयो । बाँकी घरले पनि...
-
२०७६ जेठ ८, बुधबार
सडकमा छोडिएका दुई दर्जन बाच्छाको संरक्षण
सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने अभियान शुरु भएको छ । कागेश्वरी मनोहरा नगरापालिकास्थित त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करीब दुई दर्जन गाई बाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको हो । यसरी जम्मा गरिएका गाई बाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाए पनि ओतको व्यवस्था गर्नका लागि प्रयास भइरहेको जनाइएको छ । वाग्मतीको किनारमै घाँसे...
-
२०७६ जेठ ८, बुधबार
पोखरा–देहरादुन बस सेवा सञ्चालनमा
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो । सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल...


