relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ९, बिहिबार

    निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

    वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण...

  • २०७६ जेठ ९, बिहिबार

    वालिङले थाल्यो नमुना अभ्यास

    स्याङ्जाको वालिङ नगरपालिकाले बृहत् योजना तर्जुमाका लागि नमूना अभ्यासको थालनी गरेको छ । वालिङ नगरपालिकाले विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत् योजना तर्जुमाका लागि १४ वटै वडामा समूहगत छलफल गरेको हो । कमिटेड नेपालले द एशिया फाउण्डेशनको सहयोगमा वालिङ नगरपालिकाका १४ वटै वडामा पुगेर समूहगत छलफल गरेको हो । नगर कार्यपालिका वा गाउँ कार्यपालिकामा कार्यपालिका सदस्यहरु आफै बढी सक्रिय भएर नगरपालिका तथा...

  • २०७६ जेठ ९, बिहिबार

    हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै

    पर्यटकीय मौसमको बहानमा एयरलाइन्स कम्पनीहरुले खाद्यान्न ढुवानी गर्न आनाकानी गरेपछि नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका केही जिल्लाका लागि चीनको खासा हुँदै स्थलमार्गबाट ढुवानीको तयारी गरेको छ । खाद्यान्नभन्दा पर्यटक बोक्दा फाइदा हुने भएकाले हवाई कम्पनीले खाद्यान्न उठाउन छाडेर पर्यटक बोक्न थालेपछि संस्थानले स्थलमार्ग हुँदै स्थानीय तहसम्म पु¬¥याउन सहकारी संस्था परिचालनको विकल्प अघि सारेको हो ।...

  • २०७६ जेठ ९, बिहिबार

    विद्युत् प्रसारण लाइनको परीक्षण सफल

    पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो ।  वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गर्नुभयो । उहाँले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने बताउनुहुन्छ । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी...

  • २०७६ जेठ ८, बुधबार

    म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

    म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको राम्रोसँग व्यवस्था गर्न तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचन क्षेत्रहरुको सीमा निर्धारण गर्न आग्रह गर्नुभयो । राष्ट्रपति मिन्टले...

  • २०७६ जेठ ८, बुधबार

    विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

    नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गर्नुभएको हो ।   उहाँले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण...

  • २०७६ जेठ ८, बुधबार

    चलचित्र पत्रकार सघंको २० औ स्थापना दिवस, पाचँ पत्रकार सम्मान

    चलचित्र पत्रकारहरुको छाता संगठन को रुपमा वि.सं । २०५६ जेठ ७ गते स्थापना भएको दिनलाई स्मरण गर्दै चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस, भव्य रुपमा सम्पन्न गरेको छ भने सोही अवसरमा यस क्षेत्रमा कार्यरत पॉच चलचित्र पत्रकारहरुलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार २०७५’ द्वारा सम्मान गरिएको छ । सम्मान तथा पुरस्कारबाट यस क्षेत्रमा योगदान पुर्याउने पांच जनालाई सम्मान तथा पुरस्कार...

  • २०७६ जेठ ८, बुधबार

    बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा

    विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।    कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते...

  • २०७६ जेठ ८, बुधबार

    ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै प्रहरी

    भीमदत्तनगरपालिकाभित्रका अधिकांश विद्यालयले बस सञ्चालन गरेका छन् । तर ती बसको अवस्थावारे अभिभावरुमा जागरुकता नदेखिएको पाइएको छ ।    हरेक वर्ष शैक्षिक प्याकेजमा अभिभावकको मत जित्न विभिन्न प्रकारका सेवा÷सुविधा र शैक्षिक गुणस्तरको रटानले नथाक्ने विद्यालय स्कूले बालबालिका बोक्ने बसको हालतबारे भने बेखबरजस्तै बन्ने प्रवृत्ति बढेको छ । नगरपालिकाभित्र झण्डै ७० वटा निजी विद्यालय रहेका छन् ।  सार्वजनिक...

  • २०७६ जेठ ८, बुधबार

    नगरपालिकाको काम ठप्प

    सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।  ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाम ठप्प...

  • २०७६ जेठ ८, बुधबार

    उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।  डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो...

  • २०७६ जेठ ८, बुधबार

    विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

    सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।  विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक...

Pages