relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ८, बुधबार

    पाँचथर घटनाको सुक्ष्म छानबिन हुन्छ ः गृहमन्त्री

    गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सुक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गर्नुभयो । उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न...

  • २०७६ जेठ ८, बुधबार

    विकास र मानवअधिकार विषयक अन्तरक्रिया

    राष्ट्रिय मानवअधिकार आयोगद्वारा मङ्गलबार धादिङबेँसीमा विकास र मानवअधिकार विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।    सो अवसरमा आयोगका आयुक्त सुदीप पाठकले विकास निर्माणको काम गर्दा मानवीय स्वास्थ्यमा कत्तिको ध्यान दिने गरिएको छ,  वातावरणमा त्यसले के कस्तो प्रभाव पार्ने गरेको छ तथा विकास र मानवअधिकारको अन्तरसम्बन्ध कस्तो छ भन्नेबारे प्रकाश पारी आवश्यक सुझावसमेत पाउन सहभागीसँग आग्रह गर्नुभएको...

  • २०७६ जेठ ८, बुधबार

    प्राविधिक टोली सगरमाथा पुग्यो

    सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३ः०० बजे शिखरको आरोहण गरेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डङ्गोलले जानकारी दिनुभयो । विभागले पहिलोपटक सरगरमाथाको उचाइ मापन गर्ने उद्देश्यले...

  • २०७६ जेठ ८, बुधबार

    प्लाष्टिकका भाँडामा दूध बोक्न नपाइने

    नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौती नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमूना सङ्कलन गरी बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ ।  कुशादेवीका...

  • २०७६ जेठ ७, मंगलबार

    प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

    लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले रु एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता...

  • २०७६ जेठ ७, मंगलबार

    कास साझेदार निकायलाई सहकार्य गरी काम गर्न कामपाको आग्रह 

    काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ ।  कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग, डिभिजन सडक कार्यालय, दूरसञ्चार प्राधिकरण, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन...

  • २०७६ जेठ ७, मंगलबार

    रारा योगमय बन्दै

    मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ । मुगु जिल्लाका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय बन्दै गएको छ । अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो...

  • २०७६ जेठ ७, मंगलबार

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

    बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३१८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनीयर सागरराम नेपालले...

  • २०७६ जेठ ७, मंगलबार

    इच्छाकामनामा शीतभण्डार निर्माण गरिने

    चितवनको इच्छाकामनामा शीतभण्डार निर्माण गरिने भएको छ । साना किसान सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारमा शीतभण्डार निर्माण गरिने भएको हो । केन्द्र सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत गाउँपालिकाले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई छनोट गरिएको हो । तराई–मधेश समृद्धि कार्यक्रमबाट रु ३५ लाख र सहकारीको १० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिने साना किसान कृषि सहकारी संस्था...

  • २०७६ जेठ ७, मंगलबार

    देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

    पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् ।  देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका कुटी र आश्रमका नाममा ठूलाठूला महलहरु बनेका छन् । यहाँ २० वटाभन्दा बढी मठमन्दिरसँगै ३०० भन्दा बढी कुटीका...

  • २०७६ जेठ ७, मंगलबार

    उप–मेयर महिला क्रिकेट हुने

    जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ ।    दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ ७, मंगलबार

    गाई बाँड्दै रेडक्रस

    नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ । रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कतारस्थित रेडक्रिसेन्टको सहयोगमा यहाँका विभिन्न ठाउँका कृषकहरुलाई गाई वितरण गरेको हो । योसँगै ६०० परिवारलाई मल र बीउ पनि  वितरण गरिएको छ ।  शाखा सभापति ज्ञानशाली न्यौपानेका अनुसार माडी नगरपालिकामा ६०, भरतपुर महानगरपालिकाको जगतपुरमा १५, मङ्गलपुरमा १५ र राप्तिको पिप्लेमा १०  गाई वितरण...

Pages