STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रारा योगमय बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार

मुगुमा पछिल्लो समय धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ । मुगु जिल्लाका चार स्थानीय तहमध्ये एक मात्र नगरपालिका रहेको मुगु जिल्लाको छायानाथ रारा नगरपालिका योगमय बन्दै गएको छ । अशिक्षा, गरीबी, बेरोजगारी र पछिल्लो समयमा अखाद्य वस्तु खानपिन निकै प्रयोग हुनाले मानिसको जीवनस्तर दिनप्रतिदिन खस्कँदै गएपछि नगारपालिकाभित्र योग सञ्चालन गरिएको हो । स्थानीयवासीको जीवनशैलीमा सुधारका लागि नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा गमगढी पतनञ्जलि योग समितिको सहकार्यमा नगरपालिकाका १ नं वडादेखि १४ वडासम्म रहेका सबै बस्तीमा बस्ने बासिन्दालाई योगमार्फत राष्ट्रभक्ति, स्वास्थ्यमा सुधार, सकारात्मक सोचाइ र भष्ट्राचारमुक्त समाज निर्माण गर्ने अभियानका साथ योगमय नगरपालिका बनाउन लागिरहेको नगर प्रमुख हरिजङ्ग शाहीले बताउनुभयो । “बजारको खानपिन र अज्ञानका कारण मानिसहरु दिनप्रतिदिन अस्वस्थकर बन्दै गएकाले यो अभियान सञ्चालनमा ल्याइएको हो”, शाहीले भन्नुभयो, मानिसहरु कुनै पनि रोग लागिसकेपछि मात्र रोगको उपचार गर्न जान्छन् । रोग लाग्नुपूर्व नियमित योग गर्नुपर्छ, आनिबानीमा परिवर्तन गर्नुपर्छ ।” नगरपालिकाका सबै बस्तीका मानिसको स्वस्थ जीवन बनाउनका लागि सबै बस्तीमा तीन दिनको योग शिविर सञ्चालन गरिएको मुगु जिल्ला पतञ्जलि योग समितिका अध्यक्ष जयबहादुर मल्लले बताउनुभयो ।
Categorized in राष्ट्रिय