राष्ट्रिय
-
२०७६ जेठ ८, बुधबार
मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ ः नेम्वाङ
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सङ्घीय संसद् प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५’ परिमार्जन गरी संविधानअनुकूल बनाउने आश्वासन दिनुभएको छ । सो विधेयकबारे नेपाल पत्रकार महासङ्घले आज प्रस्तुत गरेको पन्ध्रबुँदे सुझावसहितको ध्यानाकर्षणपत्र बुझ्दै नेता नेम्वाङले पार्टीका तर्फबाट नै संशोधन प्रस्ताव हालेर विधेयक संशोधन गरिने प्रतिबद्धता व्यक्त...
-
२०७६ जेठ ८, बुधबार
बिहेभन्दा आठ दिन पहिले आत्महत्या
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् । उनको शव घरभन्दा ५०० मिटर परको जङ्गलमा रुखमा झुण्डिएको...
-
२०७६ जेठ ८, बुधबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश÷थरूहट आन्दोलनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको...
-
२०७६ जेठ ८, बुधबार
बीमा गर्दैनन् केरा किसान
बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताउनुभएको छ । “बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि छ, कृषि बीमा नीति किसानमैत्री नभएकाले कृषि बीमामा आकर्षण घटेको हो”, केरा कृषक कालु हमालले भन्नुभयो, “किसानलाई कृषि विमाका...
-
२०७६ जेठ ८, बुधबार
रक्तदान गर्ने युवाको सङ्ख्या बढ्दै
रोल्पामा रक्तदान गर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । केही वर्ष पहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयवासीमा विस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको सङ्ख्या बढ्दै गएको हो । “आजभन्दा एक÷दुई वर्ष पहिले रक्तदान गर्नुप¥यो भन्दा प्रायः सबैले विभिन्न बहाना पारेर रगत दिँदैनथे, कयौँ कोसिस गर्दा पनि रगत दिन कोही तयार हुँदैनथे, बिरामीको ज्यान जसरी पनि...
-
२०७६ जेठ ८, बुधबार
सरकारले जनतालाई सन्तुष्ट गर्न सकेन ः नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नसुन्नु नै सरकारको प्रमुख कमजोरी हो भन्नुभयो । “...
-
२०७६ जेठ ८, बुधबार
धराशायी बन्दै जडीबुटी व्यवसाय
भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यवसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् । भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी...
-
२०७६ जेठ ८, बुधबार
आरोपित तीन धरौटीमा रिहा
पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जना मङ्गलबार धरौटीमा रिहा भएका छन् । रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी प्रतिव्यक्ति रु ५४ हजार धरौटीमा रिहा भएका हुन् । जिल्ला...
-
२०७६ जेठ ८, बुधबार
सडकमा छोडिएका दुई दर्जन बाच्छाको संरक्षण
सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने अभियान शुरु भएको छ । कागेश्वरी मनोहरा नगरापालिकास्थित त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करीब दुई दर्जन गाई बाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको हो । यसरी जम्मा गरिएका गाई बाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाए पनि ओतको व्यवस्था गर्नका लागि प्रयास भइरहेको जनाइएको छ । वाग्मतीको किनारमै घाँसे...
-
२०७६ जेठ ८, बुधबार
पोखरा–देहरादुन बस सेवा सञ्चालनमा
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो । सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल...
-
२०७६ जेठ ८, बुधबार
बरगाछी–रोडशेष चोक वर्षात्अगावै सम्पन्न गर्ने प्रतिबद्धता
विराटनगर रानी–इटहरी–धरान सडक आयोजनाअन्तर्गत सुस्त गतिमा निर्माण भइरहेको छ लेनको बाटो निर्माणकार्य सम्पन्न नहुँदा विराटनगर क्षेत्रमा समस्या बढ्दै गएको नगरवासीको भनाइ छ । लामो समयदेखि बनिरहेको सो सडक कहिले निर्माण व्यसायीको कारण त कहिले विद्युत् प्राधिकरण या सडक डिभिजन कार्यालयको ढिलासुस्तीले सडक निर्माणकार्य सम्पन्न हुनसकेको छैन । नगरवासीले बाटोका विषयमा व्यापक विरोध गर्न थालेपछि बरगाछीदेखि...
-
२०७६ जेठ ८, बुधबार
कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह
राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नं ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका स्थानीय तहहरु जुर्मुराउन थालेका हुन् । तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ...


