राष्ट्रिय
-
२०७६ जेठ १०, शुक्रबार
विभिन्न जातका फलफूलका बिरुवा वितरण
बढ्दो बसाइँसराइको क्रमले खाली देखिएको गाउँमा नै रोजगारीका अवसर र आयआर्जनमा सहयोग पुग्ने गरी कास्कीको रुपा गाउँपालिकाले जनतालाई फलफूलका बिरुवा वितरण गर्ने योजना बनाएको छ । गाउँका बाँझो जग्गालाई सदुपयोग गरी किसानको आयआर्जनमा सहयोग प¥याउने उद्देश्यले विभिन्न जातका फलफूलका बिरुवा लगाउने योजना बनाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । शुरुमा गाउँपालिकाका सात वटा वडाको माटो परीक्षण गरेर...
-
२०७६ जेठ १०, शुक्रबार
कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान
विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा...
-
२०७६ जेठ १०, शुक्रबार
निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद
बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले उचित भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रका अगुवा र विज्ञको विश्वास छ । संसद्मा प्रस्तुत हुनुपूर्व विधेयकबारे यस क्षेत्रमा भएको...
-
२०७६ जेठ १०, शुक्रबार
७९ उद्योगमाथि मुद्दा दायर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्योगमा जाँच गर्दा ७९ उद्योगका उत्पादित सामानमा अखाद्य वस्तु भेटिएकाले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, बिस्कुट,...
-
२०७६ जेठ १०, शुक्रबार
बस पुगेपछि गाउँमा खुशियाली
निस्दी गाउँपालिका वडा नं २ को सहलकोटमा पहिलोपटक बस पुगेको छ । बिहीबार पश्चिम नेपाल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ५७९३ नंको बस सहलकोटको पुरानथर गाउँमा पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयको सक्रियतामा सडक स्तरोन्नति गरेपछि गाउँमा बस पुगेको हो । गाउँमा बस लिएर पुगेका बस चालक र व्यवसायी समितिका पदाधिकारीलाई स्थानीयवासीले खुशी हँुदै स्वागत गरेका छन्...
-
२०७६ जेठ १०, शुक्रबार
धुलाम्य क्षेत्रपाटी–ढल्को सडक
काठमाडौँ महानगरपालिका–१७ स्थित क्षेत्रपाटी–ढल्कोको करीब एक किमी सडक कालोपत्र नहुँदा धुलोले घरमा बस्नै नसकिने अवस्था आएको स्थानीयवासीको गुनासो छ । मेलम्चीको पाइप बिछ्याउन यो सडक खनिएको थियो । सडक खनेर पाइप बिछ्याएको दुई वर्ष पूरा हुँदा पनि कालोपत्र नगरिँदा व्यवसाय गर्न नसकिएको क्षेत्रपाटी चोकमा पसल चलाएर बस्नुभएकी शोभा बज्राचार्यले बताउनुभयो । शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो सडकमा...
-
२०७६ जेठ ९, बिहिबार
विद्युत् प्रसारण लाइनको परीक्षण सफल
पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो । वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गर्नुभयो । उहाँले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने बताउनुहुन्छ । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी...
-
२०७६ जेठ ९, बिहिबार
वालिङले थाल्यो नमुना अभ्यास
स्याङ्जाको वालिङ नगरपालिकाले बृहत् योजना तर्जुमाका लागि नमूना अभ्यासको थालनी गरेको छ । वालिङ नगरपालिकाले विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत् योजना तर्जुमाका लागि १४ वटै वडामा समूहगत छलफल गरेको हो । कमिटेड नेपालले द एशिया फाउण्डेशनको सहयोगमा वालिङ नगरपालिकाका १४ वटै वडामा पुगेर समूहगत छलफल गरेको हो । नगर कार्यपालिका वा गाउँ कार्यपालिकामा कार्यपालिका सदस्यहरु आफै बढी सक्रिय भएर नगरपालिका तथा...
-
२०७६ जेठ ९, बिहिबार
हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै
पर्यटकीय मौसमको बहानमा एयरलाइन्स कम्पनीहरुले खाद्यान्न ढुवानी गर्न आनाकानी गरेपछि नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका केही जिल्लाका लागि चीनको खासा हुँदै स्थलमार्गबाट ढुवानीको तयारी गरेको छ । खाद्यान्नभन्दा पर्यटक बोक्दा फाइदा हुने भएकाले हवाई कम्पनीले खाद्यान्न उठाउन छाडेर पर्यटक बोक्न थालेपछि संस्थानले स्थलमार्ग हुँदै स्थानीय तहसम्म पु¬¥याउन सहकारी संस्था परिचालनको विकल्प अघि सारेको हो ।...
-
२०७६ जेठ ९, बिहिबार
चौतारीको संरक्षणमा जुटे स्थानीवासी
स्थानीय समाजसेवी ऐशनारायण श्रेष्ठले सङ्खुवासभा चैनपुरस्थित जिरोप्वाइन्टमा रहेको बरपिपल संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा रहेका चौतारी मासिँदै गइरहेको बेला चैनपुरको मुटुमा रहेका चौतारीले भने संरक्षक भेट्टाएको छ । आफ्ना बुबाआमाको सम्झनामा रोपिएको बरपिपलमुनि सडक निर्माण र अन्य कारणबाट भत्किएको चौतारीलाई पुनःनिर्माण गर्दै आरामदायी फलामे फलैँचा राखेर प्रतिक्षालयको रूपमा चौतारीलाई रूपान्तरण गरिएको...
-
२०७६ जेठ ९, बिहिबार
पुष्पलाल स्मृति भवन निर्माण गरिँदै
चौदण्डीगढी नगरपालिकाको वडा नं ६ स्थित बेल्टार बजारमा पुष्पलाल स्मृति बहुउद्धेश्यीय भवन निर्माण गर्न लागिएको छस्थानीयवासी शम्भु पौडेलले प्रदान गर्नुभएको एक कठ्ठा जग्गामा उक्त भवन निर्माण गर्न लागिएको होे । प्रदेश नं १ का सांसद बिमल कार्कीले उपलब्ध गराउनुभएको संसदीय कोषको रु २५ लाख र बाँकी प्रदेश सरकारको पहलमा झण्डै रु ६० लाखको लागतमा उक्त भवन निर्माण गर्न लागिएकोे भवन निर्माण समितिका अध्यक्षसमेत...
-
२०७६ जेठ ९, बिहिबार
स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँैं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “...


