relans
ni new 83
nib 2082 5

दफावार छलफलका लागि एघार विधेयक समितिमा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित समितिमा ११ विधेयक दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत भएका छन् । 
  
‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५’, ‘औद्योगिक व्यवसाय विधेयक २०७५’, ‘ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक, २०७५’ ‘वन विधेयक, २०७५’ वातावरण संरक्षण विधेयक, २०७५’ लाई कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । 
त्यसैगरी ‘विज्ञापन नियमन गर्ने विधेयक, २०७५’, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र ‘भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले दफावार छलफलका लागि प्रस्तुत गर्नुभएको छ । 
Categorized in राष्ट्रिय
ppp 2