relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १५, बुधबार

    काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

    नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “नेपाली जनताको...

  • २०७६ जेठ १५, बुधबार

    शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य होः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताउनुभएको छ । गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उहाँले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गर्नुभयो । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष...

  • २०७६ जेठ १५, बुधबार

    एक हजार वृद्धभत्ता वृद्धि

    सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गर्नुभयो ।  ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण गर्ने नीतिअनुसार सरकारले ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई प्रदान गरिएको मासिक भत्ता रु दुई हजारबाट बढाएर रु...

  • २०७६ जेठ १५, बुधबार

    पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

    पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो । योजनाका अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११...

  • २०७६ जेठ १५, बुधबार

    वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन

    तीन वर्ष मलेसिया बसेर वैदेशिक रोजगारीबाट फर्र्किएका थाक्रे–५ पोखरीचौरका आइतबहादुर तामाङले अहिले व्यावसायिक कृषि खेती शुरु गर्नुभएको छ । मलेसियामा रहँदा मुस्किलले रु तीन लाख कमाउन सक्नुभएका उहाँ अहिले आफैँले शुरु गरेको व्यावसायिक कृषिबाट मासिक रु ४० देखि ५० हजार कमाउने गर्नुभएको छ ।  उहाँले अहिले आफ्नै घरमा करीब रु ३० लाखको लगानीमा बाख्रा फार्म, स्थानीय कुखुरा र कागती खेती गरेर व्यावसायिक कृषिमा...

  • २०७६ जेठ १५, बुधबार

    रगत होइन, पसिना बगाऊँ मुख्यमन्त्री पौडेल

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्यका लागि...

  • २०७६ जेठ १५, बुधबार

    भारतीय क्षेत्रमा पर्यटकीय गन्तव्यको प्रचार गरिँदै

    चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु संयुक्त रुपमा गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार यही असार ३ गतेबाट भारतको पटना, वनारस र लखनउ पुगेर ६...

  • २०७६ जेठ १५, बुधबार

    गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

    गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आप्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक...

  • २०७६ जेठ १५, बुधबार

    त्रिपन्न विद्यालय निर्माण गरिँदै

    केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षा बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५÷०७६ बाट शुरु भई आव २०७६÷०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो । भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय आयोजनाबाट स्वीकृति भएर आएको ५३ विद्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन...

  • २०७६ जेठ १५, बुधबार

    घरपालुवा गाईवस्तुमा खोरेत रोग

    सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिनुभयो । वडा नं २ मा रहेका गाईवस्तुमा खोरेत, जिब्रेन परेलगत्तै सिमकोट गाउँपालिकामा रोकथामका लागि पशु स्वास्थ्यकर्मी र औषधि...

  • २०७६ जेठ १५, बुधबार

    सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

    गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा स्थित रिपुथोकलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी यहाँका ३२ घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।  “सबैभन्दा पहिले पानीको मुहानमा गएर कोलीर्फम मापन ग¥यौँ त्यसपछि आर्सेनिक र इको प्यारामिटर जाँच गरी उक्त खानेपानी पूर्णरुपमा सुरक्षित...

  • २०७६ जेठ १५, बुधबार

    ‘विप्लव’ समूहको समस्या सरकारले समाधान गर्नुपर्छ

    नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभएको छ । देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र...

Pages