राष्ट्रिय
-
२०७६ जेठ १५, बुधबार
रगत होइन, पसिना बगाऊँ मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्यका लागि...
-
२०७६ जेठ १५, बुधबार
त्रिपन्न विद्यालय निर्माण गरिँदै
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षा बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५÷०७६ बाट शुरु भई आव २०७६÷०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो । भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय आयोजनाबाट स्वीकृति भएर आएको ५३ विद्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन...
-
२०७६ जेठ १५, बुधबार
गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी
गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोकको परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आप्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक...
-
२०७६ जेठ १५, बुधबार
सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा
गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा स्थित रिपुथोकलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी यहाँका ३२ घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । “सबैभन्दा पहिले पानीको मुहानमा गएर कोलीर्फम मापन ग¥यौँ त्यसपछि आर्सेनिक र इको प्यारामिटर जाँच गरी उक्त खानेपानी पूर्णरुपमा सुरक्षित...
-
२०७६ जेठ १५, बुधबार
घरपालुवा गाईवस्तुमा खोरेत रोग
सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिनुभयो । वडा नं २ मा रहेका गाईवस्तुमा खोरेत, जिब्रेन परेलगत्तै सिमकोट गाउँपालिकामा रोकथामका लागि पशु स्वास्थ्यकर्मी र औषधि...
-
२०७६ जेठ १५, बुधबार
नन्दन तालको संरक्षण तथा सौन्दर्यीकरण गर्दै
पश्चिम नवलपरासीस्थित ऐतिहासिक नन्दन तालको संरक्षण र सौन्दर्यीकरणमा स्थानीयवासीले अवरोध गरेका छन् । लामो समयदेखि अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको यो ताललाई पुनः जीवन दिने गरी संरक्षण र सौन्दर्यीकरण गर्न थालिएको हो । तर स्थानीयवासीले अवरोध सिर्जना गरेका छन् । पाल्हिनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका छन् । ताल पूरै खेतीयोग्य जमीनमा...
-
२०७६ जेठ १५, बुधबार
‘विप्लव’ समूहको समस्या सरकारले समाधान गर्नुपर्छ
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिनुभएको छ । देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र...
-
२०७६ जेठ १४, मंगलबार
यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजश्व
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो । जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो । ...
-
२०७६ जेठ १४, मंगलबार
‘सामाजिक सुरक्षा कार्यान्वयन गर्न जर्मनले प्राविधिक सहायता गर्ने’
नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गर्नुभएको शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान...
-
२०७६ जेठ १४, मंगलबार
समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका ः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उहाँले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताउनुभयो । “देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग...
-
२०७६ जेठ १४, मंगलबार
‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार
नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाट्टा को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने...
-
२०७६ जेठ १४, मंगलबार
वैदेशिक रोजगारीमा ४३ लाख युवा
युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४÷७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै...


