relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १६, बिहिबार

    पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन

    ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष...

  • २०७६ जेठ १६, बिहिबार

    नेपाली भएर सगरमाथा चढेका छैनाँैभन्दा मुटुमा बिज्थ्यो ः आरोही श्रेष्ठ

    २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ रु” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ रु सगरमाथा चढेका छौ रु” मैले भन्थे, “अहँ चढेको छैन ।” त्यसपछि उनीहरुले फेरि भन्थे, “के तिमी नेपाली त हौ रु” अमेरिकामा बस्दा...

  • २०७६ जेठ १६, बिहिबार

    राजधानीमा फोहर व्यवस्थापन गर्न प्राधिकरणको सोच ल्याइँदै

    खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा फोहरको व्यवस्थापन गर्न अधिकारसम्पन्न प्राधिकरण नै स्थापना गर्ने गरी सोच अघि सारिएको बताउनुभएको छ । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको छलफलमा उहाँले राजधानी शहरमा फोहर व्यवस्थापन चुनौती बनिरहेको बताउनुभयो । प्रदूषणबाट सभ्यताको स्रोत नदी संरक्षण गर्न अप्ठ्यारो भइरहेका बेला नागरिकस्तरबाट वाग्मतीलगायत...

  • २०७६ जेठ १६, बिहिबार

    भोको पेट विद्यालय जान्छन् बालबालिका

    सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली बिकलाई विद्यालय जान हतार भयो । पुरानो र ठाउँ ठाउँमा च्यातिएको थियो उनको विद्यालयको पोशाक । यता उता पल्टाएपछि अन्ततः घरमा बस्दा लगाएको कपडासँगै उनी विद्यालयका लागि...

  • २०७६ जेठ १६, बिहिबार

    पुख्र्यौली पेशाबाट कमाइ

    बढैयाताल गाउँपालिका–८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै आउनुभएको छ । आरन चलाएर किसानको दैनिक काममा आवश्यक पर्ने फलामको यन्त्र हतियार, सामान बनाउने र मर्मत गर्ने उनको पुस्तौँदेखि गर्दै आएको पेशा हो । यसै पेशाबाट उहाँले दैनिक रु एक हजारसम्म कमाउने गरेको बताउनुभयो । उहाँको मासिक कमाई औसत रु २० हजारभन्दा माथि हुने गरेको छ । कमाइबाट श्रीमती, छोरा, छोरी, नाति...

  • २०७६ जेठ १६, बिहिबार

    महिला उत्थानका लागि समान अवसर जरुरी छ ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उहाँले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भन्नुभयो ।    प्रधानमन्त्री ओलीले भन्नुभयो, “महिलाको उत्थानविना समाजको उत्थान सम्भव छैन, त्यसका लागि समान अवसर जरुरी छ ।” उहाँले कार्यकारी तहमा...

  • २०७६ जेठ १६, बिहिबार

    वन्यजन्तुको मुद्दाका कैदीबन्दीले पाएनन् आममाफी

    गणतन्त्र दिवसका अवसरमा वन्यजन्तुसँग सम्बन्धित मुद्दाका कैदीलाई आममाफी दिनबाट रोकिएको छ । फौजदारी कसुर सजाय तथा कार्यान्वयन ऐनले अन्य मुद्दामा झैँ बन्देज नलगाएको भए पनि सिफारिस गरिएका त्यस्ता कैदीबन्दीलाई आममाफी नदिइएको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीका अनुसार देशभरका कारागारबाट वन्यजन्तुसँग सम्बन्धित ८० को नाम सिफारिस गरिएको भए पनि यस मुद्दाका कसैले पनि आममाफी नपाएका हुन्...

  • २०७६ जेठ १६, बिहिबार

    शेयर बजार ः उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

    रु एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार...

  • २०७६ जेठ १६, बिहिबार

    दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

    दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्यालयमा मङ्गलबारदेखि तालाबन्दी गरिदिएका हुन् । सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दिनेश दासलाई दलित भनेर...

  • २०७६ जेठ १६, बिहिबार

    खडेरीले मकैको बोट सुकेः किसान चिन्तित

    खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका ठाउँमा मकैको बोट नै सुकेर गएको किसानको भनाइ छ । वडा नं १ गोकुलेका किसान दिलदास श्रेष्ठले पानी...

  • २०७६ जेठ १६, बिहिबार

    रङ्गशाला भत्काउनेलाई कारवाही हुनुपर्छ ः मन्त्री लामा

    प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति सच्चा देशभक्त हुन नसक्ने धारणा राख्नुभयो । चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका...

  • २०७६ जेठ १६, बिहिबार

    घान्द्रुकमा एक्सटेन्सन काउन्टर

    कास्कीको पर्यटकीयस्थल घान्द्रुकमा पोखरा फाइनान्स लिमिटेडले आजदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  पदयात्रा पर्यटन एवं हिमाली दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा परेको घान्द्रुकमा पर्यटक, स्थानीयवासी एवं पर्यटन व्यवसायीलाई लक्षित गरी काउन्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।   हालसम्म १९ वटा शाखा सञ्चालनमा ल्याएको संस्थाको निक्षेप सङ्कलन पाँच अर्ब ९५...

Pages