relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १७, शुक्रबार

    मिडिया ल्याब बनाइने

    भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले आमसञ्चार तथा पत्रकारिता विषयको अध्ययनलाई गुणस्तरीय बनाउन रेडियो र टेलिभिजनको आधुनिक प्रयोगशाला निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । क्याम्पस प्रमुख मणिराज महतोका अनुसार प्रदेश नं ३ सरकारको सहयोगमा प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न बोलपत्र आह्वान गरिएको छ । क्याम्पसले रु २४ लाख नौ हजार मूल्य बराबरका उपकरण खरीदका लागि बोलपत्र आह्वान गरेको...

  • २०७६ जेठ १७, शुक्रबार

    विद्यालय र स्वास्थ्यचौकी निर्माण शुरु

    भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा रु एक अर्बभन्दा बढीको लागतमा छ सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण शुरु भएको छ । युएसआइडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ । मकवानपुर गढीको वडा नं ७ मा रहेको जनता माविको निर्माण हुने भवन शिलान्यास कार्यक्रममा...

  • २०७६ जेठ १७, शुक्रबार

    नयाँ सीमा स्तम्भ निर्माणमा समस्या

    नेपाल–भारत सीमा क्षेत्र कैलालीको खक्रौला, फूलबारी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा स्थानीयवासीको विरोधका कारण नयाँ सीमा स्तम्भ निर्माणमा समस्या सिर्जना भएको छ । खक्रौलामा नयाँ स्तम्भ निर्माण गर्नका लागि गरिएको सर्भेक्षणका क्रममा साबिक ठाउँमा रहेको स्तम्भभन्दा करीब डेढ मिटर दक्षिण पश्चिममा निर्माण गर्नुपर्ने देखिएको भए पनि स्थानीयवासीको विरोधका कारण नयाँ स्तम्भ निर्माण हुन नसकेको नेपाल–भारत सीमा...

  • २०७६ जेठ १७, शुक्रबार

    चौरजहारी पूर्ण खोप सुनिश्चित नगरपालिका

    चौरजहारी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । नगरपालिकाभित्रका १२ देखि २३ महीनासम्मका सबै बालबालिकाले एक वर्षको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।  नगरप्रमुख विशाल शर्माले नगरलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभयो । नगरका १४ वडामा रहेका ४५२ जना बालबालिकाको सर्वेक्षण गर्दा उनीहरु सबैले पाउनुपर्ने सबै खोपको मात्रा पाएको भेटिएको नगर...

  • २०७६ जेठ १७, शुक्रबार

    मध्यपुरथिमिको ऐतिहासिक पोखरीको गुरुयोजना निर्माण

    मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीको संरक्षण शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाले रु ८० लाखको लागतमा पोखरीको संरक्षण एवं पर्खाल लाउने कार्य बिहीबारबाट शुरु गरेको छ । पोखरीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गर्नुभयो । व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसला...

  • २०७६ जेठ १७, शुक्रबार

    कैदीबन्दीको सकसपूर्ण अवस्था

    दुई सय पचास जना अट्ने स्थानमा करीब ७५० जनालाई राखियो भने ती मानिसको अवस्था कस्तो होला रु हो, नेपालगञ्ज शहरको ठीक बीच भागमा रहेको बाँके जिल्ला कारागारका कैदीबन्दीले अहिले यस्तै सकसपूर्ण अवस्था र नियतिको सामना गर्नु परेको छ । कोठाभित्र मात्र नभएर बाहिरसमेत कैदीबन्दी बस्ने, सुत्ने स्थानको अभाव छ । “कारागारमा महिला कैदीबन्दी ६४ र तीन आश्रित बालबालिकासहित ७४५ जनालाई राखिएको छ, क्षमताभन्दा बढी भएकाले...

  • २०७६ जेठ १७, शुक्रबार

    दी आर्ट अफ लिभिङको युवा सम्मेलन

    दी आर्ट अफ लिभिङको आयोजनामा ‘युथ इन एक्सन’ परियोजनाअन्तर्गत तीनदिने युवा सम्मेलन पोखरामा शुरु भएको छ । आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयमा युवाहरुलाई सहजीकरण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा १८ देखि ३५ वर्ष उमेर समूहका एक हजारभन्दा बढी युवाको सहभागिता रहेको कार्यक्रम संयोजक सौमाया गुरुङ भट्टराईले जानकारी दिनुभयो । बिहानी, दिवा र सन्ध्या तीन चरणमा गरिने कार्यक्रमअन्तर्गत दी...

  • २०७६ जेठ १७, शुक्रबार

    पर्यटकको रोजाइमा बोराका घुमाउने घर

    बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् । जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा अर्थ व्याग मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी...

  • २०७६ जेठ १७, शुक्रबार

    आलेख ः भाउ कुर्दै अलैँची किसान

    इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैँची बेच्नुभएको छैन । करीव चार मन अलैँची उत्पादन गर्नुभएका उहाँले भाउ बढ्ने आशामा अलैँची नबेच्नुभएको हो । अलैँची रोप्दाको समयमा पाँच वर्ष अघि प्रतिमन अलैँचीको मूल्य करीव एक लाख रुपैयाँ थियो । “के के न होला भनेर लगाइएको अलैँची ऐले भाउ नभएरै मा¥यो,” उहाँले भन्नुभयो । हुन त हाल पनि अलैँचीको भाउ नभएको भने हैन । तर पहिलाको...

  • २०७६ जेठ १७, शुक्रबार

    परासीमा अत्याधुनिक शवगृह बन्दै

    पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक  सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण शुरु गरिएको हो ।  पुरानो शवगृह बजारको नजिक तथा मुख्य सडक छेउमै हुँदा दुर्गन्ध फैलिएको र अन्यत्र सार्न स्थानीयले माग गरेको विषयमा गत फागुन २९ गते राससमा समाचार प्रकाशित भएपछि त्यस...

  • २०७६ जेठ १७, शुक्रबार

    छिन्नलता गीत पुरस्कार तथा सम्मान विभिन्न स्रष्टालाई

    छिन्नलता गीत पुरस्कार गुठीद्वारा स्थापित विसं २०७५ को ‘छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण गरिने भएको छ । गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेल संयुक्त, गायनमा यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुत र शान्ति परियार बोल माया बोल। र छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने निर्णय गरिएको छ । गीत, सङ्गीत, विशेष सम्मानको नगद...

  • २०७६ जेठ १७, शुक्रबार

    नगरपालिकालाई भौतिक संरचना हस्तान्तरण

    नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका– ४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो । धार्मिक तथा पर्यटनको महत्वसमेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको रु...

Pages