राष्ट्रिय
-
२०७६ जेठ १७, शुक्रबार
धरानमा डेङ्गुको महामारी
धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार...
-
२०७६ जेठ १७, शुक्रबार
नगरपालिकालाई भौतिक संरचना हस्तान्तरण
नेपाली सेनाको ज्वाला दल गणले निर्माण गरेको ट्रष्ट घर, शौचालय र पानी धारा भेरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । शिघ्र प्रभाव परियोजनाअन्तर्गत नेपाली सेनाले भेरी नगरपालिका– ४ बिपी पाटीकामा निर्माण गरिएको संरचना भेरी नगरपालिकालाई आज हस्तान्तरण गरिएको हो । धार्मिक तथा पर्यटनको महत्वसमेत बोकेको यस ठाउँमा निर्माण गरिएका संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सेनाको रु...
-
२०७६ जेठ १७, शुक्रबार
बालिका खजुमलाई सहयोग गर्न कोष खडा
दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ । पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरुको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले बताउनुभयो । यसका लागि महिला अधिकारका क्षेत्रमा क्रियाशील रिजालको संयोजकत्वमा तथा...
-
२०७६ जेठ १७, शुक्रबार
आँखा पाक्ने रोगको महामारी
जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या...
-
२०७६ जेठ १७, शुक्रबार
विकासका योजना छनोट गर्दा स्पष्ट हुनुपर्छ ः मुख्यमन्त्री राई
प्रदेश समन्वय परिषद्को दोस्रो बैठकले प्रदेश तथा स्थानीय तहको सहकार्यलाई बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित उक्त बैठकमा प्रस्तुत भएका योजनालाई दोहोरिन नदिने र राष्ट्रिय योजना आयोगले तयार पारेको आधारपत्रसँग प्रदेश तथा स्थानीय तहको तालमेल गराउन सके विकासले गति लिनसक्ने सहभागीहरूले जनाएका छन् । मुख्यमन्त्री शेरधन राईले बैठक शुभारम्भ गर्दै...
-
२०७६ जेठ १७, शुक्रबार
राष्ट्रिय काष्ठकला कार्यशाला सम्पन्न
‘पार्कलाई कलाले सजाऔँ, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔँ’ भन्ने मूल नाराका साथ एक हप्तादेखि देवदहमा सञ्चालित राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहको संयुक्त आयोजनामा सञ्चालित काष्ठकलाले बुद्ध मावलीको गरिमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा अझै बढाएको समापन समारोहमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री...
-
२०७६ जेठ १७, शुक्रबार
पाँच प्रहरी अधिकृत पुरस्कृत
नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही रु दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब...
-
२०७६ जेठ १७, शुक्रबार
हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर
झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो । केही दिनयता...
-
२०७६ जेठ १७, शुक्रबार
पर्वतारोहीद्वारा विद्यालय भवन निर्माण
दुई बेलायती पर्वतारोहीले भूकम्पबाट प्रभावित मकवानपुरका तीन वटा विद्यालयमा भवन निर्माण गरेको छ । पूर्वी मकवानपुर बकैया गाउँपालिकाका–९ भैरुङ दोभानस्थित ज्ञानोदय आधारभूत विद्यालय, वडा नं १० मन्थलीस्थित सरस्वती आधारभूत विद्यालय र वडा नं ११ ठिंगनस्थित लालकिरण आधारभूत विद्यालयमा दुई÷दुई कोठे भवन निर्माण गरिएको हो । बेलायतका पर्वतारोही रोरी म्याकहुज र बर्नी एङ्गोलाको सहयोगमा सो भवन निर्माण गरिएको हो...
-
२०७६ जेठ १७, शुक्रबार
भेटियो २५० वर्ष पुरानो दमाहा
म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी साइलो को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो । “मैले यस क्षेत्रमा...
-
२०७६ जेठ १७, शुक्रबार
बाढीपीडितलाई रकम नपाउने डर
कर्णाली प्रदेश सरकारले ५१४ घरधुरीका बाढीपीडितलाई पहिलो किस्तास्वरुप प्रतिघरधुरी रु एक लाख ५० हजारका दरले उपलब्ध गराउन स्थानीय सरकारलाई अख्तियारी दिइसकेको छ । यद्यपि प्रदेश सरकारले प्रदान गरेको रकम स्थानीय सरकारबाट बेलैमा नपाउने हो कि भन्ने डर बाढीपीडितलाई लागिरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले सुर्खेतका पञ्चपुरी, वीरेन्द्रनगर, भेरीगङ्गा, लेकबेँसी, गुर्भाकोट...
-
२०७६ जेठ १७, शुक्रबार
दुई स्वास्थ्य चौकी भवन हस्तान्तरण
महाभारत र चौँरीदेउराली गाउँपालिकामा भूकम्पपश्चात् निर्माण गरिएका स्वास्थ्य चौकी भवन ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । कोरियाली रेडक्रस सोसाइटीको को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाबाट निर्माण भएका ती भवन गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । महाभारत गाउँपालिका वडा नं ६ वनखुचौरमा निर्माण गरिएको स्वास्थ्य चौकी सोही गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई...


