relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ १९, आइतबार

    सामुदायिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमित

    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको  १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल्तीमा अर्बौ पुग्ने प्रधानाध्यापक दिलीप तिवारी बताउनुहुन्छ ।विद्यालयको नाममा रहेको जम्मा २० बिघा पाँच कठ्ठा १२ धुर...

  • २०७६ जेठ १९, आइतबार

    इटाहा क्षेत्र पर्यटकको पखाइमा

    चराहरुको चिरबिर आवाजसँगै जङ्गली जनावर नजीकैबाट अवलोकन गर्न पाउँदाको आनन्द बेग्लै हुन्छ । दोदा नदीको हरियो फाँटले आगन्तुकलाई यस्तै आनन्द दिन्छ ।  तीनतर्फ घना जङ्गलले घेरिएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका १२ को सीमा क्षेत्रमा पर्ने इटाहा क्षेत्रको अवलोकन गर्नेले यसको ऐतिहासिकतासँगसँगै मनोरम दृश्यको स्वाद लिन पाउँछन् । मानव कोलाहलबाट टाढा एकान्तमा रम्नेहरुका लागि इटाहा...

  • २०७६ जेठ १९, आइतबार

    पहिलो शैक्षिक महोत्सव सम्पन्न

    मुलुकको विकास र समृद्धिको लागि दक्ष जनशक्ति उत्पादन आवश्यक रहेकाले स्थानीय तहले समेत शिक्षा नीति बनाउँदा उपयोगी र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।   बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क माविद्वारा आयोजित जिल्लामै पहिलो शैक्षिक महोत्सवका अवसरमा आयोजित ‘बृहत् शैक्षिक बहस’ कार्यक्रममा प्राडा कर्णबहादुर बानियाँले स्थानीय स्रोत साधनलाई सदुपयोग गर्ने लक्ष्यसहित शिक्षाको...

  • २०७६ जेठ १९, आइतबार

    ‘डम्बर राष्ट्रिय संस्कृति पुरस्कार’ गुरुङलाई

    नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा जगमान गुरुङलाई ‘डम्बर संस्कृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । संस्कृति संरक्षण र उत्थानमा योगदान पु¥याएको भन्दै राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले गुरुङलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि रु ७५ हजार छ । शनिबार यहाँ आयोजित पुरस्कार समर्पण समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुरुङलाई नगदसहित पुरस्कारको प्रमाणपत्र...

  • २०७६ जेठ १९, आइतबार

    वृक्षरोपण

    सामुदायिक वन उपभोक्ता महासङ्घको २४औँ स्थापना दिवसको उपलक्ष्यमा छहरेपानी सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ अर्मलामा वृक्षरोपण गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, पोखरा नगर, जिल्ला डिभिजन वन कार्यालयद्वारा संयुक्तरूपमा आयोजित वृक्षरोपन कार्यक्रममा ५०० तेजपातका बिरुवा रोपिएको थियो । उक्त बिरुवा जिल्ला डिभिजन वन कार्यालयबाट निःशुल्क रुपमा उपलब्ध गराइएको...

  • २०७६ जेठ १९, आइतबार

    देवकोटाको खण्डकाव्यको विमोचन

    मोफसलका कवि आरके देवकोटाद्वारा लिखित खण्डकाव्य ‘भूत, भविष्य, वर्तमान’ बजारमा आएको छ । कवि देवकोटाको सो पहिलो कृति भेरी साहित्य समाज जिल्ला समितिले प्रकाशन गरेको हो ।  उक्त कृतिमा नेपाली समाजको परम्परागत जीवनशैली, आधुनिक जीवनशैली र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे चित्रण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा कथाकार सनत रेग्मीले सो कृति लोकार्पण गर्दै नेपाली साहित्यलाई...

  • २०७६ जेठ १९, आइतबार

    ‘संस्कृतले शुद्धता र स्पष्टताको ज्ञान दिन्छ’

    जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताउनुभएको छ । शनिबार जीयर शैक्षिक संस्था नेपाल र नेपाल विकास तरङ्गिणीले संयुक्त रूपमा आयोजना गरेको ‘आधुनिक विषयका साथ संस्कृत शिक्षा अनिवार्य किन रु’ विषयक अन्तरक्रिया कार्यक्रममा डा पोखरेलले संस्कृतले...

  • २०७६ जेठ १९, आइतबार

    वार्षिक अङ्कमा तलमाथि परेको छैन ः अर्थमन्त्री डा खतिवडा

    अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उहाँले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताउनुभयो ।    अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “उपकरणले...

  • २०७६ जेठ १९, आइतबार

    इतिहास नमेटाउन माग गर्दै ज्ञापनपत्र

    समुद्र सतहदेखि ५८ मिटर उचाइमा रहेको नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको ऐतिहासिक स्तम्भ भत्काएर कचनकवल गाउँपालिकाले नयाँ स्तम्भ बनाउन लागेकाले स्थानीय युवा विरोधमा उत्रिएका छन् ।    विसं २०४४ मा तत्कालीन राजा वीरेन्द्र यहाँ आउँदा सिमेन्टको कछुवाको आकृतिको जगमा स्तम्भ निर्माण गरिएको थियो । सोही स्तम्भ जीर्ण भएको भन्दै गाउँपालिकाले भत्काएर नयाँ बनाउन लागेपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् ।...

  • २०७६ जेठ १९, आइतबार

    दुग्ध दिवसमा कृषक र पत्रकार सम्मानित

    विश्व दुग्ध दिवसको अवसरमा पोखरामा शनिबार कृषक र सञ्चारकर्मी सम्मानित भएका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजले पोखरामा क्रियाशील युवा पत्रकार सन्देश श्रेष्ठलाई नगद रु ११ हजार १११ तथा सम्मानपत्रसहित सम्मान गरेको हो । नागरिक दैनिकमा कार्यरत श्रेष्ठले किसानको पक्षमा कलम चलाएर कृषि कर्ममा लाग्न उत्प्रेरणा प्रदान गरेकाले सम्मान गरिएको समाजका अध्यक्ष दीपकप्रसाद तिमिल्सिनाले...

  • २०७६ जेठ १९, आइतबार

    सम्पदा उत्खनन ः ढुङ्गाको गारो भेटियो

    पाँचखाल नगरपालिकास्थित लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खननका क्रममा ढुङ्गाको गारो भेटिएको छ ।  पुरातत्व विभागको एक टोलीले पाँचखाल नपा–७ श्रीरामपाटीस्थित दरबार क्षेत्र भनिएको स्थानमा वैशाख १५ गतेदेखि उत्खनन कार्य शुरु गरिएको छ । उत्खननका क्रममा २४ इन्चका गारो भेटिएको हो । विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले उत्खननका क्रममा ढुङ्गाको गारोको केही भाग भेटिएको जानकारी दिनुभयो । उहाँले...

  • २०७६ जेठ १९, आइतबार

    पातका टपरी हराउन थाले

    सालको पात टपरी हुनी, नहुनी सल्लैको  तिम्रो माया छ कति कति, नलाग पछि हल्लैको कुलेन्द्र विश्वकर्मा र विष्णु माझी बढ्दो आधुनिकतासँंगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल यहाँ घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र  दुना अहिले प्रायः देख्न नपाइने भइसकेको छ । प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले...

Pages