STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ १९, आइतबार

    नेपाल चलचित्र कलाकार सघंको २५ गते निर्वाचन हुने

    नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत तीन महिना अगाडि नै हुने भनि तोकिएको संघको साधारण सभा र चुनाव एक पक्षले संघमा सदस्यता वितरण गर्दा अनियमितता भयो भनि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछी स्थगित भएको थियो । त्यसपछी उजुरी उपर छानबिन...

  • २०७६ जेठ १९, आइतबार

    जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।    मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।” मन्त्री अर्यालले भष्टाचार बढी हुने भएर नापी र मालपोत कार्यालयका...

  • २०७६ जेठ १९, आइतबार

    अपाङ्ता भएका व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित

    पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा अपाङ्गता भएका व्यक्तिको कूल सङ्ख्याको आधाभन्दा बढी परिचयपत्र पाउनबाट बञ्चित रहेका छन् ।   राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालसँगको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो । विसं २०६८ को जनगणनाअनुसार डडेल्धुरामा पाँच हजार १५० अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग कल्याण...

  • २०७६ जेठ १९, आइतबार

    पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु पुरस्कृत

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश नं १ सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो । प्रदेश सरकारले गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्रसहित रु ५० हजार पुरस्कार प्रदान गरेको छ । विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा...

  • २०७६ जेठ १९, आइतबार

    तिरस्कार झेल्दै विदेशबाट फर्किएका महिला

    वैदेशिक रोजगारीका लागि श्रीमान्कै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा नाम परिवर्तन अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमान्ले नै उनलाई विदेश पठाएका थिए । विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमान्बाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो...

  • २०७६ जेठ १९, आइतबार

    चार देशका टुर व्यवसायीबीच छलफल

    पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गणतव्य बनाउने उद्देश्यले पहिलोपकट बिजनेस टु बिजनेस बिटुबी व्यवसायीक छलफल आज यहाँ सम्पन्न भएको छ ।   नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र कम्बोडिया गरी २७ जना टुर अपरेटरको सहभागिता रहेको थियो ।    सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बिटुबीको माध्यमबाट पोखरालगायत...

  • २०७६ जेठ १९, आइतबार

    लालबन्दीबाट बक्स अफिस प्रणालीको शुरुआत

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताउनुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिकास्थित वीणा चलचित्र मन्दिरमा शनिबार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम बक्स अफिस शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रुपमा बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले...

  • २०७६ जेठ १९, आइतबार

    निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक

    तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो ।  ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था...

  • २०७६ जेठ १९, आइतबार

    चिनियाँ संस्थाबाट दशकोठे भवन हस्तान्तरण

    चीनको बाल दिवसका अवसरमा चीनमा सञ्चालित गरीबी उन्मूलन नामक संस्था सिएफपिए ले सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमलाई दशकोठे भवन हस्तान्तरण गरेको छ ।  लामो समयदेखि गुठीका नाममा सञ्चालित उक्त विद्यालयमा २०७२ सालको भूकम्पपछि कक्षाकोठाको अभाव हुँदै आएको थियो ।  सो विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्थालाई ध्यान राखी भवन बनाइएको सफा सुनौलो नेपालका पूर्वअध्यक्ष राजेश हमालले जानकारी दिनुभयो ।  ...

  • २०७६ जेठ १९, आइतबार

    दलित आयोग गठन गर्न माग

    कर्णालीका जनप्रतिनिधिले दलित आयोग गठन गर्न माग गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित दलित मानवअधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णालीका जनप्रतिनिधिले कर्णालीमा दलित आयोग गठन गर्न माग गरेका हुन् । प्रदेशको कूल जनसङ्ख्यामध्ये २४ प्रतिशत दलित समुदायको बसोबास रहेकाले प्रदेशस्तरीय दलित आयोग गठन गर्नु आवश्यक रहेको कर्णाली प्रदेशसभाका सदस्य रातो कामीले...

  • २०७६ जेठ १९, आइतबार

    विद्युतीय नागरिक बडापत्र सञ्चालनमा

    जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार, कार्यसम्पादन गरिसक्नुपर्ने समयसीमालगायतका सूचना राखिएका छन् । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विद्युतीय नागरिक वडापत्रको उद्घाटन गर्दै कुनै कुरा बुझ्नका लागि नागरिकले...

  • २०७६ जेठ १९, आइतबार

    किसानको रोजाइ पावर टिलर

    विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ ।  कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो, उपयोगी, सहज तथा सस्तो र किफायति हुने भएकाले हिजोआज किसानको पहिलो रोजाइ पावर टिलर ट्याक्टर हुन...

Pages