राष्ट्रिय
-
२०७६ जेठ २०, सोमबार
मिथिलाञ्चलमा वरपूजा
मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्देछन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ...
-
२०७६ जेठ २०, सोमबार
मिथिलानी वरसाइत् पर्व मनाउँदै
मिथिलाका विवाहित महिलाले वरसाइत् वटसावित्री पर्व धुमधामका साथ मनाइरहेका छन् । जेठ औँशीका दिन आज सोमबार अटल शौभाग्यको कामना गर्दै विवाहित मिथिलानी मिथिलाका महिला आज व्रत बसेका हुन् । यो पर्व अब भोलि बिहान सूर्योदयसँगै समापन गरिनेछ । सत्ययुगमा सति सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँशीका दिन अटल शौभाग्यको वरदान पाएकी विश्वासका आधारमा यो पर्व मनाउने गरेको मैथिल परम्परा छ । जेठ कृष्ण...
-
२०७६ जेठ २०, सोमबार
नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ ः मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने...
-
२०७६ जेठ २०, सोमबार
समाजले स्वीकार गरेन तेस्रोलिङ्गीलाई
परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो । सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि...
-
२०७६ जेठ २०, सोमबार
मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन
प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी...
-
२०७६ जेठ २०, सोमबार
बजेट सच्याउन सांसदको माग
प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताउनुभएको छ । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट त्रुटिपूर्ण भएको उहाँले बताउनुभयो । डा रिजालले आर्थिक वर्ष २०७६÷०७७ का लागि पेश भएको बजेट पुस्तिकाको दफा ‘क,’ ‘ख’ ‘ग’ र ‘ङ’ तथा अनुसूची २ मा उल्लेख भएको बजेट त्रुटिपूर्ण भएकाले...
-
२०७६ जेठ २०, सोमबार
विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार
बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् । बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् । स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको...
-
२०७६ जेठ २०, सोमबार
प्रअलाई मातृभाषा सिकाइँदै
पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो । भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती...
-
२०७६ जेठ २०, सोमबार
कर्मचारीको अभाव कायमै
बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो । नगरपालिकाभरि दुई जना सचिव रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ ।...
-
२०७६ जेठ २०, सोमबार
अन्तर्राष्ट्रिय सुटिङ रेञ्ज बनाउन जग्गा माग
नेपाल सुटिङ सङ्घले अन्तर्राष्ट्रियस्तरको सुटिङ रेञ्ज निर्माणका लागि टीकापुर नगरपालिकासँग जग्गा माग गरेको छ । नगरपालिका क्षेत्रभित्र जग्गा उपलब्ध भए उक्त रेञ्ज निर्माण गरिने पत्र सङ्घले नगरपालिकालाई पठाएको हो । ‘‘टीकापुरलाई सुटिङस्थल बनाउन सकिने सम्भावना छ । यहाँ जग्गा पनि अभाव छैन ।’’सङ्घका सचिव प्रदीप खातीले भन्नुभयो, ‘‘हामीलाई एक बिघा जग्गा आवश्यक छ, नगरपालिकाले दिएमा हामी यही लगानी गर्छौ...
-
२०७६ जेठ १९, आइतबार
निर्धारित पोशाकमा नआउने कर्मचारीको हाजिरमा रोक
तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ । कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो । ‘‘हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कर्मचारी कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था...
-
२०७६ जेठ १९, आइतबार
चिनियाँ संस्थाबाट दशकोठे भवन हस्तान्तरण
चीनको बाल दिवसका अवसरमा चीनमा सञ्चालित गरीबी उन्मूलन नामक संस्था सिएफपिए ले सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमलाई दशकोठे भवन हस्तान्तरण गरेको छ । लामो समयदेखि गुठीका नाममा सञ्चालित उक्त विद्यालयमा २०७२ सालको भूकम्पपछि कक्षाकोठाको अभाव हुँदै आएको थियो । सो विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्थालाई ध्यान राखी भवन बनाइएको सफा सुनौलो नेपालका पूर्वअध्यक्ष राजेश हमालले जानकारी दिनुभयो । ...


