STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २०, सोमबार

    नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ ः मन्त्री अर्याल

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको छ । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै मन्त्री अर्यालले सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने...

  • २०७६ जेठ २०, सोमबार

    समाजले स्वीकार गरेन तेस्रोलिङ्गीलाई 

    परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो ।  सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि...

  • २०७६ जेठ २०, सोमबार

    मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

    प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।  चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी...

  • २०७६ जेठ २०, सोमबार

    बजेट सच्याउन सांसदको माग

    प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताउनुभएको छ । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट त्रुटिपूर्ण भएको उहाँले बताउनुभयो ।   डा रिजालले आर्थिक वर्ष २०७६÷०७७ का लागि पेश भएको बजेट पुस्तिकाको दफा ‘क,’ ‘ख’ ‘ग’ र ‘ङ’ तथा अनुसूची २ मा उल्लेख भएको बजेट त्रुटिपूर्ण भएकाले...

  • २०७६ जेठ २०, सोमबार

    विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

    बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा स्थानीय तहले योजना बनाएका हुन् ।  बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् ।  स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको...

  • २०७६ जेठ २०, सोमबार

    प्रअलाई मातृभाषा सिकाइँदै

    पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले  गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो ।  भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती...

  • २०७६ जेठ २०, सोमबार

    कर्मचारीको अभाव कायमै

    बैतडीका विभिन्न स्थानीय निकायका वडामा कर्मचारीको अभाव हुँदा जनप्रतिनिधिले नै काम गर्नु परिरहेको छ । वडामा सचिव नहुँदा सचिवले गर्ने काम पनि आफैँले गर्नु परिरहेको मेलौली नगरपालिका–१ का वडाध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो ।  नगरपालिकाभरि दुई जना सचिव रहेको उहाँले बताउनुभयो । यस्तै जिल्लाभरि ८४ वडामध्ये ४१ वडा सचिवविहीन रहेका स्थानीय तहले जनाएका छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई मर्का परेको छ ।...

  • २०७६ जेठ २०, सोमबार

    अन्तर्राष्ट्रिय सुटिङ रेञ्ज बनाउन जग्गा माग

    नेपाल सुटिङ सङ्घले अन्तर्राष्ट्रियस्तरको सुटिङ रेञ्ज निर्माणका लागि टीकापुर नगरपालिकासँग जग्गा माग गरेको छ । नगरपालिका क्षेत्रभित्र जग्गा उपलब्ध भए उक्त रेञ्ज निर्माण गरिने पत्र सङ्घले नगरपालिकालाई पठाएको हो । ‘‘टीकापुरलाई सुटिङस्थल बनाउन सकिने सम्भावना छ । यहाँ जग्गा पनि अभाव छैन ।’’सङ्घका सचिव प्रदीप खातीले भन्नुभयो, ‘‘हामीलाई एक बिघा जग्गा आवश्यक छ, नगरपालिकाले दिएमा हामी यही लगानी गर्छौ...

  • २०७६ जेठ २०, सोमबार

    स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै

    संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ । नापी विभागबाट तयार गरिएको स्थलरुप टोपोग्राफिकल नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन गाउँ विकाससमितिसम्मको मात्र रहेको छ । प्रादेशिक संरचना अनुसार स्थानीय तहको वडासम्मका सिमाना नक्सामा अङ्कित गर्ने उद्देश्यले स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु...

  • २०७६ जेठ २०, सोमबार

    आधा दर्जन सरकारी कार्यालय पुनःस्थापना भएनन्

    सशस्त्र द्वन्द्वको समयमा कैलालीको टीकापुर नगरपालिकाबाट विस्थापित भएका आधा दर्जन बढी सरकारी कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । सशस्त्र द्वन्द्वका समयमा कैलालीको सत्तीबाट विस्थापित भएका राष्ट्रिय वाणिज्य बैंक, खाद्य संस्थान, पशु क्वारेन्टाइन चेकपोष्ट, चौगुर्दी छोटी भन्सार कार्यालय, अस्थायी प्रहरी पोष्ट चौगुर्दी, अस्थायी प्रहरी पोष्ट खक्रौला र सटही काउण्टरलगायतका कार्यालय अझै पुनःस्थापना हुन...

  • २०७६ जेठ २०, सोमबार

    खानेपानी अभाव

    शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६०० विद्यार्थी खानेपानीको समस्यामा परेका छन् ।  बाढीले रु ५० लाखमा निर्माण भएको सामाढुङ्गा खानेपानी आयोजना, रु ५० लाखमै निर्माण भएको दिव्यचच्छु माविको भट्टछरे खानेपानी...

  • २०७६ जेठ २०, सोमबार

    मुख्यमन्त्री परीक्षण कार्यक्रम सफल हुँदै

    प्रदेश नं ३ सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफल हुँदै गएको छ । लक्षित वर्गको स्वस्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले लागू गरिएको उक्त कार्यक्रमको चैत १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालमा उद्घाटन गर्नुभएको थियो ।  सो कार्यक्रमअन्तर्गत अहिले उपचार गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी प्रदेश नं ३ को नमूना परियोजनाका रुपमा रहेको यो...

Pages