relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २२, बुधबार

    नगर प्रमुखको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

    नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले “तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु”, भनेर धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट...

  • २०७६ जेठ २२, बुधबार

    स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ ः मन्त्री बस्नेत

    वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गर्नुभयो । “यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई...

  • २०७६ जेठ २२, बुधबार

    शुक्लाफाँटामा  बाह्रसिङ्गाको सङ्ख्या घटयो

    कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ ।  सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म गणना गर्दा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको पाइएको...

  • २०७६ जेठ २२, बुधबार

    बालाजु बाइसधारामा आकर्षण बढ्दो

    कति दिनपछि आज मैले बालाजी देख्याँ पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ वरिपरि लहरामा भुलिबस्न्या चरा छन् मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । आदिकवि भानुभक्त आचार्य पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा दैनिक तीन सयको हाराहारीमा युवा अवलोकनका लागि आउने गर्छन् ।...

  • २०७६ जेठ २२, बुधबार

    घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको...

  • २०७६ जेठ २२, बुधबार

    राष्ट्रिय निकुञ्जमा नीलगाई ८२

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिनुभयो । नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय...

  • २०७६ जेठ २२, बुधबार

    लेटर प्रेस विस्थापित हुने अवस्थामा

    कुनै समय प्रायः छपाइसम्बन्धी काम गर्ने यहाँका लेटर प्रेस अहिले विस्थापित हुन थालेका छन् । आधुनिक अफसेट प्रेस यन्त्रको भित्रिएपछि लेटर पे्रस विस्थापित हुने अवस्थामा पुगेका हुन् । करीब एक दर्जनभन्दा बढी लेटर पे्रस रहेको यस जिल्लामा अहिले केही मात्र सञ्चालनमा छन् । लेटर प्रेसले छपाइ ढिलो हुने ग्राहकको चाहनाअनुसार गुणस्तर दिन नसक्ने, स्पष्ट अक्षर नहुने र दक्ष जनशतिm अभाव हुने भएकाले लेटर प्रेस...

  • २०७६ जेठ २२, बुधबार

    सरिता लामिछानेलाई करिश्मा र रेखाले साथ दिने

    नेपाल चलचित्र कलाकार संघको आगामी निर्वाचनकोलागि आफ्नो उम्मेदवारी बारेमा जानकारी गराउने उद्देश्यले सरिता लामिछानेको निमन्त्रणामा मंगलबार नेपाली चलचित्रका नायिकाहरु काठमाडौंमा तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा भेला भएर आसन्न निर्वाचन बारेमा छलफल गरेका छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरितालाई साथ दिन मञ्चमा गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापाहरु छलफलमा सहभागी भएका थिए भने...

  • २०७६ जेठ २२, बुधबार

    ज्येष्ठ नागरिक समाज घोषणा

    राष्ट्रिय ज्येष्ठ नागरिकको समाज, नेपालको राजविराजमा भएको सम्मेलनले हरिनारायण चौधरीको अध्यक्षतामा १७ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्षमा मोहम्मद गनी, सचिवमा शोभितलाल यादव, सहसचिवमा मञ्जु श्रेष्ठ र कोषाध्यक्षमा रोहितलाल दास चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा शिवनारायण परियार, देवनाथ साह, असर्फीलाल यादव, विश्वनाथ न्यौपाने, टङ्कनाथ साह, रामजी चौधरी, अनिलकुमार अनल,...

  • २०७६ जेठ २१, मंगलबार

    टाटासुमो दुर्घटनाः तीन जनाको मृत्यु, तीन बेपत्ता 

    मैलुङ–स्याँफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।  दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । दुई जनाको घटनास्थलमा तथा एक जनाको...

  • २०७६ जेठ २१, मंगलबार

    हावाले छाना उडाएपछि आँखा उपचार सेवा बन्द

    हावाले आँखा उपचार केन्द्रको छाना उडाएपछि करीब दुई हप्तादेखि आँखा उपचार सेवा ठप्प भएको छ । सिस्ने गाउँपालिका–५ स्थित टाकुरामा रहेको आँखा उपचार केन्द्रको छाना जेठ १० गते हावाले उडाएपछि उक्त केन्द्र बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।हावाहुरीले भवनको टिनको छाना उडाएपछि त्यस दिनबाट आँखा उपचार केन्द्रको सेवा बन्द भएको कार्यालय प्रखुम विष्णु खनालले बताउनुभयो । “निरन्तर नागरिकको सेवामा लागिरहेका...

  • २०७६ जेठ २१, मंगलबार

    प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत

    उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो । सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा पवनकुमार साहले बताउनुभयो । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा साह, नर्स छवित्रा...

Pages