ज्येष्ठ नागरिक समाज घोषणा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार
राष्ट्रिय ज्येष्ठ नागरिकको समाज, नेपालको राजविराजमा भएको सम्मेलनले हरिनारायण चौधरीको अध्यक्षतामा १७ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्षमा मोहम्मद गनी, सचिवमा शोभितलाल यादव, सहसचिवमा मञ्जु श्रेष्ठ र कोषाध्यक्षमा रोहितलाल दास चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा शिवनारायण परियार, देवनाथ साह, असर्फीलाल यादव, विश्वनाथ न्यौपाने, टङ्कनाथ साह, रामजी चौधरी, अनिलकुमार अनल, कन्तलाल सदा, मीनबहादुर कार्की, रामेश्वर खङ्ग, तारादेवी चौधरी र रामदेव यादव रहनुभएको छ । मोहम्मद हुसेनको संयोजकत्वमा गठित समाजको सल्लाहकारमा चन्द्रकान्त लाल दास, महेन्द्र यादव, धनबहादुर बलम्पाकी मगर, यमुनाधर झा, तेतरी सदा, वैद्यनाथ यादव, शिवनन्दन शर्मा, मोहित खाँ, परमेश्वर यादव, बलराम मण्डल र मोहम्मद नियामत रहनुभएको छ ।
कार्यक्रममा गायक जेबी टुहुरे, मधु गुरुङ्ग, रमेश अर्याल, सत्यनारायण चौधरी, शिवनारायण परियार, रुपक चौधरीलगायतले गीत गाउँदा उपस्थित ज्येष्ठ नागरिक छमछमी नाचेका थिए ।
Categorized in राष्ट्रिय


