STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २१, मंगलबार

    वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु

    वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताउनुभएको छ । विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह...

  • २०७६ जेठ २१, मंगलबार

    धानको बीउ उत्पादन गरिने

    रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ । कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । आयोजना मार्फत यस वर्ष बीजवृद्धि कृषि सहकारी संस्था मुनुवालाई ३५ हेक्टर,...

  • २०७६ जेठ २१, मंगलबार

    एक शिक्षक, शून्य विद्यार्थी

    विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् ।  डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपार्इंले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन् ।  पहिलेका विद्यार्थी पनि अन्यत्र निजी विद्यालयमा स्थानान्तरण भ एभने यस वर्ष एक...

  • २०७६ जेठ २१, मंगलबार

    प्रदूषणको कारण ‘प्लास्टिक’

    ड्राइ फुड, दूध, दही, घीउदेखि मरमसाला, दाल, चामल, तेल, नुन सबै प्लास्टिककै झोलामा प्याक भएर आउँछन् ।   कस्मेटिकका सामग्री हुन वा तयारी कपडा, पेयपदार्थ होस् वा औषधिको प्रकार सबै प्लास्टिकभित्रै हुन्छन् ।  केटाकेटीले खाने फास्ट फुड हुन् वा खेलाउने खेलौना ती पनि प्लास्टिककै हुन्छन् । अब त घरमा प्रयोग हुने अधिकांश सामान प्लास्टिककै हुनथाले । अहिले सबैतिर प्लास्टिकको बिगबिगी छ । जताततै प्लास्टिक छ ।...

  • २०७६ जेठ २१, मंगलबार

    बजेटले समृद्धिलाई जोडेको छः मन्त्री राई

    शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सरकारले ल्याएको बजेट समावेशी र जनमुखी भएको बताउनुभएको छ । ‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी’ले कोहलपुर चौराहामा निर्माण गरेको पर्यटकीय उद्यानको उद्घाटन गर्दै उहाँले विगतमा जस्तो बजेट कार्यान्वयनमा सरकारले छुट नदिने बताउनुभयो । “अब ढिलासुस्ती सरकारलाई मान्य हुँदैन”, उहाँले भन्नुभयो, “सरकारले जनताले चाहेजस्तो बजेट ल्याएको छ । बजेटले देशको समृद्धिलाई...

  • २०७६ जेठ २१, मंगलबार

    लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न आग्रह

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा उहाँले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताउनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न...

  • २०७६ जेठ २१, मंगलबार

    लोकसेवा आयोगको विज्ञापन सच्याउन माग

    सांसदले लोकसेवा आयोगले पछिल्लो पटक कर्मचारीको पदपूर्तिका लागि गरेको विज्ञापन संविधान र समानुपातिक समावेशी सिद्धान्तविपरीत भएको जनाउँदै सच्याउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले स्थानीय तह र प्रदेशको अधिकारसमेत खोस्ने गरी आयोगले नौ हजार ९६१ कर्मचारी केन्द्रबाट किन माग गरेको हो भनी प्रश्न गर्नुभयो । प्रदेश र स्थानीय तहको कर्मचारी प्रदेश लोकसेवा आयोगमार्फत नै...

  • २०७६ जेठ २१, मंगलबार

    एक वडा ः एक स्वास्थ्य केन्द्र

    तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो । व्यास नगरपालिकाको वडा नं १, २, ४, ५, ७ र १० मा नयाँ स्वास्थ्य केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । जनतामा उपचारको पहँुच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा पहिलो चरणमा भवनसमेत निर्माण गरी...

  • २०७६ जेठ २१, मंगलबार

    मुहार फेरिएको कर्णाली स्कूल

    टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका छोराछोरी मात्रै विद्यार्थी छन् । नजीकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कूलमा पढ्छन् । स्कूलप्रति कसैको...

  • २०७६ जेठ २१, मंगलबार

    रुप्सेमा रमाउनेको भीड

    अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै...

  • २०७६ जेठ २१, मंगलबार

    बूढीगण्डकी आयोजना ः कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा

    बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरुले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै तत्काल प्रक्रिया शुरु गर्न आग्रह गरेका हुन् । नियमानुसार मुआब्जा निर्धारणको काम जिल्ला प्रशासन कार्यालयले गर्छ...

  • २०७६ जेठ २१, मंगलबार

    महाकालीमा पुलको काम ३५ प्रतिशत सम्पन्न

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ ।  चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् । केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र रुपमा गरिरहेको छ ।...

Pages