राष्ट्रिय
-
२०७६ जेठ २०, सोमबार
आधा दर्जन सरकारी कार्यालय पुनःस्थापना भएनन्
सशस्त्र द्वन्द्वको समयमा कैलालीको टीकापुर नगरपालिकाबाट विस्थापित भएका आधा दर्जन बढी सरकारी कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । सशस्त्र द्वन्द्वका समयमा कैलालीको सत्तीबाट विस्थापित भएका राष्ट्रिय वाणिज्य बैंक, खाद्य संस्थान, पशु क्वारेन्टाइन चेकपोष्ट, चौगुर्दी छोटी भन्सार कार्यालय, अस्थायी प्रहरी पोष्ट चौगुर्दी, अस्थायी प्रहरी पोष्ट खक्रौला र सटही काउण्टरलगायतका कार्यालय अझै पुनःस्थापना हुन...
-
२०७६ जेठ २०, सोमबार
स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै
संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ । नापी विभागबाट तयार गरिएको स्थलरुप टोपोग्राफिकल नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन गाउँ विकाससमितिसम्मको मात्र रहेको छ । प्रादेशिक संरचना अनुसार स्थानीय तहको वडासम्मका सिमाना नक्सामा अङ्कित गर्ने उद्देश्यले स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु...
-
२०७६ जेठ २०, सोमबार
मुख्यमन्त्री परीक्षण कार्यक्रम सफल हुँदै
प्रदेश नं ३ सरकारले लागू गरेको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफल हुँदै गएको छ । लक्षित वर्गको स्वस्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले लागू गरिएको उक्त कार्यक्रमको चैत १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालमा उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमअन्तर्गत अहिले उपचार गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य उपचारसम्बन्धी प्रदेश नं ३ को नमूना परियोजनाका रुपमा रहेको यो...
-
२०७६ जेठ २०, सोमबार
खानेपानी अभाव
शनिबार आएको असिना पानीका कारण चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६०० विद्यार्थी खानेपानीको समस्यामा परेका छन् । बाढीले रु ५० लाखमा निर्माण भएको सामाढुङ्गा खानेपानी आयोजना, रु ५० लाखमै निर्माण भएको दिव्यचच्छु माविको भट्टछरे खानेपानी...
-
२०७६ जेठ १९, आइतबार
एक गाग्री पानीका लागि हप्तामा पालो
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताउनुभयो । पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित...
-
२०७६ जेठ १९, आइतबार
तत्काल सरकार परिवर्तन हुँदैनः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताउनुभयो । वाम चुनावी...
-
२०७६ जेठ १९, आइतबार
धर्म, संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दैछ – पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति डा रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै उहाँले संविधानले धर्म परिवर्तनलाई छुट नदिएको भए पनि गरीबीका कारण देखाएर...
-
२०७६ जेठ १९, आइतबार
वरपिपल, चौतारी र कुवा संरक्षण अभियान शुरु
म्याग्दीको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा पँधेरा को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ । वडाभित्र रहेका वरपिपल, चौतारी, पोखरी र धाराको संरक्षणमा स्थानीयवासीलाई समेत सहभागी...
-
२०७६ जेठ १९, आइतबार
कार्यान्वयनमा उतार्न सुझाव
आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको बजेट आर्थिक समृद्धि हासिल गर्न आएको हुँदा यसलाई कार्यान्वयनमा उतार्न सरकारलाई सुझाव दिइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमाथि टिप्पणी गर्दै सत्तारुढ सांसदले बजेटले ज्येष्ठ नागरिक भत्ता वृद्धि, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा बजेट वृद्धि सकारात्मक भएको बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले बजेट...
-
२०७६ जेठ १९, आइतबार
शेयर बजार ः दोहोरो अङ्कले घट्यो
साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३।७९ बिन्दुले घटेर एक हजार ३०५।६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।०३ बिन्दुले घटेर २७८।१२ मा झरेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री...
-
२०७६ जेठ १९, आइतबार
अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु
म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो । पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको...
-
२०७६ जेठ १९, आइतबार
कार बम विस्फोटनमा आठको मृत्यु
प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९।५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् । विस्फोटन गराइएको...


