relans
ni new 83
nib 2082 5

प्रअलाई मातृभाषा सिकाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २०, सोमबार

पाल्पा जिल्लाको निस्दी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई मातृभाषा सिकाइँदैछ । गाउँघरका विद्यार्थीले  गाउँपालिकाभरिका ५४ विद्यालयका प्रअलाई आफ्नो भाषा नै बिर्सने डरले तालीम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रअलाई भाषा सिकाएपछि विद्यालयमा लागु गर्ने भएका कारण सो तालीम चलाइएको हो । 
भाषा आयोग काठमाडौंको आयोजना तथा गाउँपालिकाको संयोजनमा भएको तालीममा पाल्पाको विकट भेग मगर समुदायको बाक्लो बस्ती रहेको गाउँमा नै भाषासम्बन्धी ज्ञानको आवश्यकता भएकाले मगर भाषासम्बन्धी तालीम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो ।
गाउँपालिकाभरि अहिले करीब ९० प्रतिशत मगर समुदायको बसोवास छ । विद्यालयमा पनि अब स्थानीय भाषा प्रयोग गर्नका निम्ति तालीमले सहयोग पु¥याउने तालीममा सहभागी मौलादेवी आधारभूत विद्यालयका प्रअ धनबहादुर ठाडाले बताउनुभयो ।  आयोगका उपसचिव लोकबहादुर लोप्चनले भाषाको महत्व, यसको संरक्षण तथा कार्यक्रमबारे जानकारी दिनुभयो । 
Categorized in राष्ट्रिय
ppp 2