STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ २२, बुधबार

    घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको...

  • २०७६ जेठ २२, बुधबार

    राष्ट्रिय निकुञ्जमा नीलगाई ८२

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिनुभयो । नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय...

  • २०७६ जेठ २२, बुधबार

    ज्येष्ठ नागरिक समाज घोषणा

    राष्ट्रिय ज्येष्ठ नागरिकको समाज, नेपालको राजविराजमा भएको सम्मेलनले हरिनारायण चौधरीको अध्यक्षतामा १७ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्षमा मोहम्मद गनी, सचिवमा शोभितलाल यादव, सहसचिवमा मञ्जु श्रेष्ठ र कोषाध्यक्षमा रोहितलाल दास चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा शिवनारायण परियार, देवनाथ साह, असर्फीलाल यादव, विश्वनाथ न्यौपाने, टङ्कनाथ साह, रामजी चौधरी, अनिलकुमार अनल,...

  • २०७६ जेठ २२, बुधबार

    लेटर प्रेस विस्थापित हुने अवस्थामा

    कुनै समय प्रायः छपाइसम्बन्धी काम गर्ने यहाँका लेटर प्रेस अहिले विस्थापित हुन थालेका छन् । आधुनिक अफसेट प्रेस यन्त्रको भित्रिएपछि लेटर पे्रस विस्थापित हुने अवस्थामा पुगेका हुन् । करीब एक दर्जनभन्दा बढी लेटर पे्रस रहेको यस जिल्लामा अहिले केही मात्र सञ्चालनमा छन् । लेटर प्रेसले छपाइ ढिलो हुने ग्राहकको चाहनाअनुसार गुणस्तर दिन नसक्ने, स्पष्ट अक्षर नहुने र दक्ष जनशतिm अभाव हुने भएकाले लेटर प्रेस...

  • २०७६ जेठ २२, बुधबार

    सरिता लामिछानेलाई करिश्मा र रेखाले साथ दिने

    नेपाल चलचित्र कलाकार संघको आगामी निर्वाचनकोलागि आफ्नो उम्मेदवारी बारेमा जानकारी गराउने उद्देश्यले सरिता लामिछानेको निमन्त्रणामा मंगलबार नेपाली चलचित्रका नायिकाहरु काठमाडौंमा तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा भेला भएर आसन्न निर्वाचन बारेमा छलफल गरेका छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरितालाई साथ दिन मञ्चमा गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापाहरु छलफलमा सहभागी भएका थिए भने...

  • २०७६ जेठ २२, बुधबार

    आगलागी पीडितलाई सहयोग

    बाँके नरैनापुर गाउँपालिका–१ कट्कुइयाँका आगलागी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको समन्वयमा बागेश्वरी असल शासन क्लब ९बास०ले आगलागी पीडित १५ घरपरिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगलागी पीडितलाई प्रतिपरिवारलाई कम्बल एक थान, २५ किलो चामल, खाने तेल, नूनलगायतका सामग्री प्रदान गर्दै आगलागीका घटना हुन नदिन गाउँपालिका क्षेत्रका...

  • २०७६ जेठ २२, बुधबार

    ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान होः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज  भिडियो सन्देश दिँदै उहाँले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै  अभियानलाई निरन्तरता दिइएको बताउनुभयो ।  गत  वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका विरुवा रोपिएको...

  • २०७६ जेठ २२, बुधबार

    मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक समुदायबीच आपसी...

  • २०७६ जेठ २२, बुधबार

    विद्युत् सेवा अवरुद्ध हुँदा समस्या

    डोटी जिल्लासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मङ्गलबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा विद्युत् सेवा नहुँदा यहाँका नागरिक समस्यामा परेका छन् । मङ्गलबार दिउँसो डडेल्धुराको स्याउले सवस्टेशनमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । सवस्टेशनमा आएको खराबीका कारण यहाँको पहाडी जिल्लामा...

  • २०७६ जेठ २२, बुधबार

    राजधानी सडकको बिजोग

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।    सडक मर्मत गर्न छुट्याएको बजेटले केही टालटुलको काम गरे पनि ६ महीना नपुग्दै ती सडक भत्किएर पुरानै अवस्थामा पुगेका छन् । स्थानीय जनप्रतिनिधि र सांसददेखि मन्त्रीसम्म खाल्डाखुल्डी सडकमा उफ्रिँदै यात्रा गर्छन् तर त्यसलाई मर्मत गरी आवागमन सहज बनाउनेतर्फ कसैको ध्यान भने जान...

  • २०७६ जेठ २२, बुधबार

    अस्पतालको सेवा अब सफ्टवेयरमार्फत

    यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली एचएमआइएस जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भन्नुभयो, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।” अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी...

  • २०७६ जेठ २२, बुधबार

    दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।  वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।  बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै...

Pages