राष्ट्रिय
-
२०७६ जेठ २२, बुधबार
सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने
शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच नौ बुँदे साझा प्रतिबद्धतासहित सो नियम ल्याइन लागिएको हो । भेलामा सहभागीले शैक्षिक विकासका लागि उक्त प्रतिबद्धता...
-
२०७६ जेठ २२, बुधबार
युवा वैज्ञानिक सम्मेलन शुरु
विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न आजदेखि यहाँ शुरु भएको युवा वैज्ञानिक सम्मेलनका सहभागीले प्रविधिमा आधारित विकासले मात्र...
-
२०७६ जेठ २२, बुधबार
राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिनुभयो ।पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुग्नुभएकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गर्नुभएको हो । राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले...
-
२०७६ जेठ २२, बुधबार
भद्रपुर नाकामा सामान ओसार्न राँगागाडी १
जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली घर भित्र्याउन र राइस मिलमा कुटानी पिसानीको लागि धान लैजान राँगागाडीको प्रयोग गर्थे । पहिला पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्न समेत गोरुगाडीको प्रयोग गर्ने चलन थियो । अहिले प्रविधिको विकासले चलन...
-
२०७६ जेठ २२, बुधबार
भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु
मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा शुरु गरिएको छ । नवनिर्मित भवनमा मङ्गलवार कार्यालय स्थानान्तरण भएसँगै उक्त सेवा सञ्चालन गरिएको हो । ताप्लेजुङ यस्तो किसिमको सेवा प्रदान गर्ने ६२औँ मालपोत कार्यालय भएको छ । देशभरका १३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताउनुभयो ।...
-
२०७६ जेठ २२, बुधबार
प्रयोगविहीन माटाका भाँडा बनाउने उपकरण
माटाका भाँडा बनाउने उपकरण ल्याएको एक वर्ष भइसक्दा पनि तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनीमा राखिएको सो उपकरण प्रयोगमा आउन सकेको छैन । माटाका भाँडा बनाउन सहज, छिटो, छरितो होस् भनी गरीबी निवारण कोषले एक वर्षअघि उपलब्ध गराएको ती उपकरण प्रयोगमा नआउँदा त्यसै थन्क्याउनुपरेकोे कुमाल अगुवा प्रेम कुमालले बताउनुभयो । “यी सामग्री ल्याएको एक वर्ष भयो”, उहाँले भन्नुभयो, “हामीलाई प्रयोग गर्न आउँदैन,...
-
२०७६ जेठ २२, बुधबार
सामूहिक फूल खेतीतर्फ आमा समूह
गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँ आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै...
-
२०७६ जेठ २२, बुधबार
पच्चीस बिघा क्षेत्रफलमा रङ्गशाला
घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो । चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा...
-
२०७६ जेठ २२, बुधबार
छुवाछूत अन्त्यका लागि सबै हातेमालो गरी अघि बढ्नपर्छ
उत्पीडनमा रहेका दलित समुदायको समस्या सबैको साझा समस्या रहेकाले सो समस्या समाधानका लागि सबैले हातेमालो गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिइएको छ । दलित र गैरदलितबीच सहकार्य गरेर अभियान सञ्चालन गर्न सके व्यवहारिक रुपमै जातीय छुवाछूतलगायत सामाजिक समस्या हटाउन सकिनेमा पनि यहाँ आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले जोड दिए । दलित अधिकारका लागि साझा अभियान पाल्पा शाखाको आयोजना र जिल्ला समन्वय समितिको...
-
२०७६ जेठ २२, बुधबार
काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौं ः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रुपमा विकास गरिने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज बिहान आयोजित सरसफाइ तथा वृक्षरोपन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।” मुख्यमन्त्री...
-
२०७६ जेठ २२, बुधबार
पोखरा–याङ्जाकोट सडक पक्की हुँदै
कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो । क्रमागतरुपमा निर्माण गरिने साढे १५ किलोमिटर लम्बाइको सो सडक आर्थिक वर्ष २०७६÷७७ विजयपुर खोलादेखि तारकाङसम्मको...
-
२०७६ जेठ २२, बुधबार
विश्व वातावरण दिवसमा वृक्षरोपण
विश्व वातावरण दिवसका अवसर पारेर आज चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षरोपण गरेका छन् । डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला...


