relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २४, शुक्रबार

    माछापुच्छे« द्धारा विपन्न परिवारको स्वास्थ्य बीमा

    जिल्लाको माछापुच्छ« गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।   आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरीब परिवार यकिन गरी यही जेठ महीनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा...

  • २०७६ जेठ २४, शुक्रबार

    आर्सेनिक प्रभावित वडा शुद्ध खानेपानीबाट बञ्चित

    पश्चिम नवलपरासीस्थित नेपालकै सर्वाधिक आर्सेनिक रहेको रामग्राम नगरपालिका वडा नं १२ र १३ का बासिन्दा अझै पनि शुद्ध पिउने पानीबाट बञ्चित छन् । दुई दशकअघि गरिएको परीक्षणका क्रममा सो वडामा नेपालमा सबैभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो । आर्सेनिक पत्ता लागेको लामो समय बितिसक्दा पनि उक्त गाउँमा आर्सेनिकरहित शुद्ध खानेपानीको व्यवस्थापन हुन नसक्दा स्थानीयवासी आर्सेनिकयुक्त पानी नै प्रयोग गर्न...

  • २०७६ जेठ २४, शुक्रबार

    तातोपानीको रेन्बो ट्राउट व्यवसाय

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।  राम्जाली र थापाले तातोपानी रेन्बो ट्राउट फार्म दर्ता गरी आठ वटा पक्की पोखरीमा शुरु गरेको यस...

  • २०७६ जेठ २३, बिहिबार

    बाँदरमुढेमा स्मृति उद्यान बनाइने

    चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताउनुभयो । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उहाँले जानकारी दिनुभयो ।...

  • २०७६ जेठ २३, बिहिबार

    एक हजारको आँखाको शल्यक्रिया

    कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिनुभयो । उपचार केन्द्रमा...

  • २०७६ जेठ २३, बिहिबार

    संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

    पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी आमा मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो । समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै...

  • २०७६ जेठ २३, बिहिबार

    बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री

    सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको बताउँदै वित्तीय सङ्घीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन सक्ने स्वीकार्नुभयो ।  ...

  • २०७६ जेठ २३, बिहिबार

    लोपोन्मुख गिद्ध भेटिए

    विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ । सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो...

  • २०७६ जेठ २३, बिहिबार

    ‘जनता जागरुक बनाउन स्वाभिमान यात्रा’

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी...

  • २०७६ जेठ २३, बिहिबार

    पुरुषसरह ज्याला पाउँदा महिला खुशी 

    पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।  पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताउनुभयो । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी...

  • २०७६ जेठ २३, बिहिबार

    एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का

    ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा...

  • २०७६ जेठ २३, बिहिबार

    सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट

    शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष रामबहादुर...

Pages