राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा
अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताउनुभयो । उहाँका अनुसार हिमपातका कारण मौसम ढिलो...
-
२०७६ जेठ २३, बिहिबार
कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि हुनु सकारात्मक छः सत्तापक्ष, विकास खर्च गर्न नसक्ने बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो । आजको छलफलमा भाग लिँदै नेकपाका सोमप्रसाद पाण्डेयले आर्थिक समृद्धिको ढोका खुलाउने बजेट आएको र यसले पूर्वाधार विकास र सामाजिक सुरक्षामा विशेष जोड दिएको बताउनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जा, शिक्षा र...
-
२०७६ जेठ २३, बिहिबार
आधार शिविरमा आश्रयस्थल निर्माण
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप को सहयोगमा मिस्त्रीखोला क्याम्पमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको संरक्षण व्यवस्थापन...
-
२०७६ जेठ २३, बिहिबार
घरदैलोमा सेवा पु¥याउँदै वडा कार्यालय
रामपुर नगरपालिका–१ वडा कार्यालयले प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेका छन् । स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले कार्यालयबाट प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेको हो । यसका लागि वडा कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेका गाउँगाउँ र टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारी पुगेर सेवासुविधा दिन थालेका छन् । रामपुर नगरपालिकाकै दुर्गम र विकटमा...
-
२०७६ जेठ २३, बिहिबार
वन व्यवस्थापनका लागि आठ हजार रुख काटिए
कपिलवस्तुका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । जिल्लाका ३६ वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । गौतमबुद्ध डिभिजन वन कार्यालयका १० वन क्षेत्रका चार हजार ११।०८ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । डिभिजन वन कार्यालय तौलिहवाका २६ वनक्षेत्रका छ हजार ३८४ हेक्टर क्षेत्रफलमा कार्यक्रम शुरु भएको...
-
२०७६ जेठ २३, बिहिबार
पेट्रोलियम पदार्थको हाहाकार
पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो...
-
२०७६ जेठ २३, बिहिबार
बाँदरमुढेमा स्मृति उद्यान बनाइने
चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताउनुभयो । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उहाँले जानकारी दिनुभयो ।...
-
२०७६ जेठ २३, बिहिबार
एक हजारको आँखाको शल्यक्रिया
कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिनुभयो । उपचार केन्द्रमा...
-
२०७६ जेठ २२, बुधबार
दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै...
-
२०७६ जेठ २२, बुधबार
राजधानी सडकको बिजोग
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ । सडक मर्मत गर्न छुट्याएको बजेटले केही टालटुलको काम गरे पनि ६ महीना नपुग्दै ती सडक भत्किएर पुरानै अवस्थामा पुगेका छन् । स्थानीय जनप्रतिनिधि र सांसददेखि मन्त्रीसम्म खाल्डाखुल्डी सडकमा उफ्रिँदै यात्रा गर्छन् तर त्यसलाई मर्मत गरी आवागमन सहज बनाउनेतर्फ कसैको ध्यान भने जान...
-
२०७६ जेठ २२, बुधबार
अस्पतालको सेवा अब सफ्टवेयरमार्फत
यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली एचएमआइएस जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भन्नुभयो, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।” अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी...
-
२०७६ जेठ २२, बुधबार
बार परिसरमा रोपियो रुद्राक्षको बिरुवा
विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपिएको छ । वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानून विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरुपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष...


