एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार
‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् ।
स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा शङ्कास्पद पाठेघर मुखको क्यान्सर र २८ मा आङ खसेको पाइएको स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ताले बताउनुभयो ।
शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा मनोज साह, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा ब्रजेशकुमार झा, नर्सिङ अधिकृत लक्ष्मी चौधरी, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा सञ्जीवकुमार झा, स्टाफ नर्स कविता गुप्तालगायतले बिरामीको जाँच गर्नुभएको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रप्रसाद यादवले बताउनुभयो ।
Categorized in राष्ट्रिय