राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
‘हिमालयन ट्राभल मार्ट’ आजदेखि ४३ देशको सहभागिता
नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हँुदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी...
-
२०७६ जेठ २३, बिहिबार
लुङ्खु–हुवास सडक कालोपत्र हुने
पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसिआइपी पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै कालोपत्रका लागि प्रक्रिया शुरु भएको छ । आरसिआइपीले लुङ्खु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आह्वान गरेको छ । सङ्घीय...
-
२०७६ जेठ २३, बिहिबार
दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु
धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक...
-
२०७६ जेठ २३, बिहिबार
वास्तविक पीडित अझै समस्यामा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् । प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको बेवास्ता गरिएको, प्राविधिक आउनुअघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधि नभएको बहानामा...
-
२०७६ जेठ २३, बिहिबार
ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ ः मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको...
-
२०७६ जेठ २३, बिहिबार
जङ्गली जनावरको आतङ्क
जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको छ । जनावरका कारण जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता छ । तीन वर्षदेखि बँदेलले बालीमा पु¥याउँदै आएको क्षति सहँदै आएका पाँचखाल नगरपालिका–१३ कोशीदेखाका बासिन्दा अहिले बाँदरको समेत आतङ्क थपिँदा निकै आजित भइसकेका छन् ।...
-
२०७६ जेठ २३, बिहिबार
कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि हुनु सकारात्मक छः सत्तापक्ष, विकास खर्च गर्न नसक्ने बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो । आजको छलफलमा भाग लिँदै नेकपाका सोमप्रसाद पाण्डेयले आर्थिक समृद्धिको ढोका खुलाउने बजेट आएको र यसले पूर्वाधार विकास र सामाजिक सुरक्षामा विशेष जोड दिएको बताउनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जा, शिक्षा र...
-
२०७६ जेठ २३, बिहिबार
चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा
अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताउनुभयो । उहाँका अनुसार हिमपातका कारण मौसम ढिलो...
-
२०७६ जेठ २२, बुधबार
घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको...
-
२०७६ जेठ २२, बुधबार
राष्ट्रिय निकुञ्जमा नीलगाई ८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नीलगाईको सङ्ख्या ८२ रहेको पाइएको छ । पहिलो पटक गरिएको गणनामा वयस्क भाले १६, वयस्क पोथी ४०, अर्धवयस्क भाले दुई, अर्धवयस्क पोथी सात र बाच्छाबाच्छी गरी ८२ वटा नीलगाई फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिनुभयो । नीलगाई नेपाल, भारत र पाकिस्तानमा पाइने स्तनधारी वन्यजन्तु हो । नेपालको शुक्लाफाँटा, बर्दिया, चितवन, बाँके र पर्सा राष्ट्रिय...
-
२०७६ जेठ २२, बुधबार
बालाजु बाइसधारामा आकर्षण बढ्दो
कति दिनपछि आज मैले बालाजी देख्याँ पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ वरिपरि लहरामा भुलिबस्न्या चरा छन् मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । आदिकवि भानुभक्त आचार्य पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाडौँ महानगरपालिका, –१६ स्थित उत्तर –पश्चिम नागार्जुन पहाडको फेदीमा अवस्थित बालाजु बाइसधारा उद्यानमा दैनिक तीन सयको हाराहारीमा युवा अवलोकनका लागि आउने गर्छन् ।...
-
२०७६ जेठ २२, बुधबार
सरिता लामिछानेलाई करिश्मा र रेखाले साथ दिने
नेपाल चलचित्र कलाकार संघको आगामी निर्वाचनकोलागि आफ्नो उम्मेदवारी बारेमा जानकारी गराउने उद्देश्यले सरिता लामिछानेको निमन्त्रणामा मंगलबार नेपाली चलचित्रका नायिकाहरु काठमाडौंमा तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा भेला भएर आसन्न निर्वाचन बारेमा छलफल गरेका छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी सरितालाई साथ दिन मञ्चमा गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापाहरु छलफलमा सहभागी भएका थिए भने...


