राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
लोपोन्मुख गिद्ध भेटिए
विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ । सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो...
-
२०७६ जेठ २३, बिहिबार
संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै
पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी आमा मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो । समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा पुरोहितको उपस्थिति घट्दै...
-
२०७६ जेठ २२, बुधबार
युवा विदेश पलायन भएपछि विवाहमा बूढापाकालाई सास्ती
मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका विभिन्न गाउँमा पनि असर परेको छ । घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य थिए । नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन...
-
२०७६ जेठ २२, बुधबार
बार परिसरमा रोपियो रुद्राक्षको बिरुवा
विश्व वातावरण दिवसका अवसरमा नेपाल बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपिएको छ । वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनको वातावरण तथा कानून विभाग र प्राकृतिक संरक्षक समाजले संयुक्तरुपमा बार एशोसिएशनको परिसरमा रुद्राक्षको बिरुवा रोपेका हुन्। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बारका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र समाजका अध्यक्ष...
-
२०७६ जेठ २२, बुधबार
विश्व वातावरण दिवसका अवसरमा डस्टबिन वितरण
विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालयले शुक्लागण्डकी नगरपालिका–५ स्थित छ वटा टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । बेलचौतारामा आज आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, नगर प्रमुख किसान गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले प्रत्येक टोल विकास संस्थालाई पाँच÷पाँच वटा डस्टबिन वितरण गर्नुभयो । फोहर व्यवस्थापनका लागि सहयोग पु¥याउने...
-
२०७६ जेठ २२, बुधबार
किसान लक्षित सुलभ कर्जा सहजीकरण कार्यक्रम
प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको कृषि बाली विज्ञानका लागि...
-
२०७६ जेठ २२, बुधबार
मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि
पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो । सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए । दोस्रो पर्यटकीय...
-
२०७६ जेठ २२, बुधबार
स्याउ सिँचाइ अभाव
सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् । स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्वपूर्ण हो । बिरुवा लगाउने बेला, मुना पलाउने बेला, फूल फुल्ने बेला, चिचिला तथा फल लाग्ने बेलामा पानीको मात्रा मिलाइ...
-
२०७६ जेठ २२, बुधबार
क्यान्सर पीडितलाई आर्थिक सहयोग
क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत उहाँलाई आर्थिक स्रोत जुटाउन स्थानीयवासी रामप्रसाद तिवारीको सक्रियतामा स्थानीयस्तरमा नै सङ्कलित रु एक लाख १८ हजार २०० सोही वडाका वडाध्यक्ष धु्रव लामिछानेले मङ्गलबार उहाँकी श्रीमती अप्सरा रेग्मीलाई प्रदान गर्नुभएको हो । ...
-
२०७६ जेठ २२, बुधबार
स्वास्थ्य शिविरमा धामीझाँक्री
कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वास्थ्य शिविरमा गएर उपचार गराउन थालेका छन् । आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका शिखर नगरपालिका–९ का टेकबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “धामीलाई देउता काप्न खबर गर्न जाँदा...
-
२०७६ जेठ २२, बुधबार
पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो
राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशन आइओसी सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,...
-
२०७६ जेठ २२, बुधबार
म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित
म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो । उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु,...


