relans
ni new 83
nib 2082 5

महिला पत्रकारिता तालीम शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

नेपाल प्रेस युनियन पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीम शुरु गरेको छ । महिलालाई पत्रकारिता क्षेत्रमा ल्याएर समाजप्रति उत्तरदायित्व बनाउने उद्देश्यले सञ्चालित सो तालीममा पर्सामा कार्यरत २० जना महिलाको सहभागिता रहेको छ । 
सो तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले तालीमले महिलाको दक्षता वृद्धि गरी समाजप्रति उत्तरदायित्व बनाउने बताउनुभयो । नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको सभापतित्वमा भएको सो तालीमको उद्घाटन समारोहमा सञ्चारकर्मी आरसी यादव, रितेश त्रिपाठी, पटेर्वासुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष श्याम बञ्जारे, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, प्रशिक्षक रिन्कु गायत्री मिश्राले महिलाको अवसर र अधिकारबारे प्रकाश पार्नु भएको थियो । 
Categorized in राष्ट्रिय
ppp 2