राष्ट्रिय
-
२०७६ जेठ २४, शुक्रबार
वातावरण संरक्षणका लागि बुटिक चौतारी
संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा यहाँका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ । पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका छन् । सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको...
-
२०७६ जेठ २४, शुक्रबार
आलेख ः किसानको मिहिनेतले बगर हराभरा
जग्गा भएर के भयो र महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलपूmलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ । त्यसैगरी, भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला चार वर्षयता बगरको पर्ति ऐलानी जग्गामा तरकारी बाली लगाएर मनग्य कमाउन थालेका छन् । रातु नदीले बलौटो थुप्य्राएको बगर जग्गामा अब लहलह बाली झुलेपछि महोत्तरी जिल्लाको भङ्गाहा...
-
२०७६ जेठ २४, शुक्रबार
तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् ठप्प
परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले...
-
२०७६ जेठ २४, शुक्रबार
खानेपानीको मुहानमै डम्पिङ साइट
अमरगढी नगरपालिकाले पानीको मुहान नजीकै डम्पिङ साइट बनाएपछि स्थानीय बासिन्दले विरोधमा उत्रिएका छन् । वडा नं ७ को कुयलीमा रहेको गुनेइगाड नजीकै डम्पिङ साइट बनाएर फोहर फाल्न थालिएकाले उनीहरूले विरोध जनाएका हुन् । स्थानीय बासिन्दाको जमीन भाडामा लिई नगरपालिकाले बजारको फोहर फाल्न थालेकाले खोलाको पानी र वरिपरिको वातावरण नै दुर्घन्धित भएकाले त्यहाँ फोहर फाल्न बन्द गर्नुपर्ने स्थानीयवासी राम भण्डारीले...
-
२०७६ जेठ २४, शुक्रबार
बेपत्ता भएको ७० वर्षपछि काजकिरिया
दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उहाँकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न शुरु गर्नुभएको छ । बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उहाँले बताउनुभयो । “बुबा ३० वर्षको हुँदा घरबाट हराउनुभएको हो, त्यतिबेला म तीन वर्षको थिएँ रे, अहिले म ७३ वर्ष...
-
२०७६ जेठ २४, शुक्रबार
न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी
पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै आज बिहान काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मौसमविद् बरुण पौडेलले बताउनुभयो ।...
-
२०७६ जेठ २४, शुक्रबार
विद्यालयलाई ल्यापटप वितरण
म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, ज्ञानोदय मावि मौवाफाँटलाई दुई...
-
२०७६ जेठ २४, शुक्रबार
हुमागाईंको ‘हाँस्ने खेल्ने’ बजारमा
लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा हाँस्ने खेल्ने बोलको गीत बजारमा आएकोे छ । डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्वनि सम्पादन खडक बाजुरालीले गर्नुभएको हो ।...
-
२०७६ जेठ २४, शुक्रबार
मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा
प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उहाँले राजीनामा दिनुभएको हो । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताउनुभयो । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा...
-
२०७६ जेठ २४, शुक्रबार
राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह
नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सयभन्दा बढी व्यक्ति घाइते, अङ्गभङ्ग तथा...
-
२०७६ जेठ २४, शुक्रबार
उत्कृष्ट स्वास्थ्यकर्मी र संस्था सम्मानित
रामपुर नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा गाडाँकोट स्वास्थ्य चौकीका निशा सारु, दर्छा स्वास्थ्य चौकीका कृष्णप्रसाद वाग्ले, रामपुर अस्पतालका धनबहादुर सारु, खालिवन स्वास्थ्य चौकीका अनिताकुमारी खड्का र गेझा स्वास्थ्य चौकीका श्रीकान्ती भण्डारी रहेका छन् । त्यस्तै रामपुर नगरपालिकाभित्र रहेका नौ स्वास्थ्य...
-
२०७६ जेठ २४, शुक्रबार
धेरै बाल विवाह हुने मुलुकमा नेपाल
संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष युनिसेसफ ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ । नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी...


