राष्ट्रिय
-
२०७६ जेठ २६, आइतबार
स्पोर्टस अवार्डमा गोल्डस्टारले साथ दिने
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलमार्फत विशेष योगदान पु¥याउने खेलाडीलाई सम्मान गर्न गोल्डस्टार जुत्ताले रु ११ लाख सहयोग गर्ने भएको छ । पल्सर स्पोर्टस् अवार्डका लागि किरण शुु म्यानुफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्ताले सो सहयोग गर्ने भएको हो । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ ले प्रदान गर्ने उक्त अवार्डलाई आठ लाख नगदसहित ११ लाख बराबरको सह प्रायोजना गर्ने विषयमा आज यहाँ आयोजित...
-
२०७६ जेठ २६, आइतबार
भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै
बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनुथ्र्यो भन्नुभयोे । प्रधिकरणले देशभरकै विमानस्थललाई...
-
२०७६ जेठ २६, आइतबार
राहतको आशमा असिनापीडित
गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल र तरकारी खेती नष्ट ग¥यो । असिनापानीपीडितहरुले दुई महिना बित्नै लाग्दा समेत राहत पाउन सकेका छैनन् । अहिले यहाँका नागरिकहरु भोक–भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । राहत नपाएपछि चर्को मूल्यमा गहुँ,...
-
२०७६ जेठ २६, आइतबार
हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै
हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो । उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका...
-
२०७६ जेठ २४, शुक्रबार
रविन्द्र खड्काको चुनाव जित्ने दावी
नेपाल चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि निर्वाचन गर्दैछ। सो निर्वाचनमा अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । भने, उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ । सचिव...
-
२०७६ जेठ २४, शुक्रबार
जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने
मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप ओभरले गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु...
-
२०७६ जेठ २४, शुक्रबार
धाराको पानीमा लेदो आएपछि
धारामा लेदो पानी आएपछि ओखलढुङ्गा सदरमुकाममा खानेपानी सङ्कट उत्पन्न भएको छ । ओखलढुङ्गा खानेपानी उपभोक्ता समितिद्वारा वितरित पानी तीन दिनदेखि धमिलो लेदोसहित आएपछि सदरमुकाममा खानेपानीको समस्या भएको हो । बुधबार बिहानदेखि धारामा निरन्तर धमिलो प्रदूषित पानी आएकाले पिउने पानी नभएको सदरमुकाममा कोठा भाडामा लिएर बस्नुभएका रविना सुनुवारले बताउनुभयो । “एकदमै फोहर, माटैमाटो लेदो हेर्दै घिनलाग्दो पानी आउँछ...
-
२०७६ जेठ २४, शुक्रबार
किरियापुत्री भवन निर्माण
जनसहभागितामा तनहुँको व्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण गरिएको छ । मृत्यु संस्कारका लागि आवश्यकता महसुस गरी मादीसेती नदीको सङ्गमस्थल व्यास गुफा नजिकै भवन निर्माण गरिएको हो । विसं २०७५ वैशाख १४ गतेदेखि निर्माण थालिएको भवन अन्तिम चरणमा पुगेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो । नगरपालिकाका र जनसहभागितामा निर्माण शुरु गरिएको भवनका लागि हालसम्म रु ६३...
-
२०७६ जेठ २४, शुक्रबार
हेटौँडा सिमेण्टको उत्पादन शुरु
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ । उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाइएको छ । उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ...
-
२०७६ जेठ २४, शुक्रबार
उपत्यकामा आइतबार सार्वजनिक बिदा
सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार जेठ २६ गते काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
-
२०७६ जेठ २४, शुक्रबार
लम्कीमा ५१ श्ययाको अस्पतालको शिलान्यास
कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको हो । उहाँले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताउनुभयो । लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण...
-
२०७६ जेठ २४, शुक्रबार
शहीदको नाममा छात्रवृत्ति प्रदान
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताउनुभएको छ । आज सूर्यविनायकमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल उपलब्धिको सम्भावना नै सम्भावना बोकेको देश भएकाले आशा गर्ने ठाउँ धेरै छ ।” नेता...


