relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २६, आइतबार

    हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै

    हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो । उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका...

  • २०७६ जेठ २६, आइतबार

    राहतको आशमा असिनापीडित

    गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल र तरकारी खेती नष्ट ग¥यो । असिनापानीपीडितहरुले दुई महिना बित्नै लाग्दा समेत राहत पाउन सकेका छैनन् । अहिले यहाँका नागरिकहरु भोक–भोकै बस्नुपर्ने अवस्थामा पुगेका छन् । राहत नपाएपछि चर्को मूल्यमा गहुँ,...

  • २०७६ जेठ २६, आइतबार

    सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो  । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो...

  • २०७६ जेठ २६, आइतबार

    क्षयरोग निवारणमा चुनौती

    सङ्घीयता कार्यान्वयनसँगै क्षयरोग निवारण गर्न थप चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको सो कार्यक्रम रहेको छ । क्षयरोग उपचारका लागि दक्षजनशक्ति, प्रयोगशालाको अभाव साथमा दुर्गम क्षेत्रका बासिन्दामा ‘रोगलाग्दा उपचार गर्न स्वास्थ्य संस्थामा जानुपर्छ’ भन्ने अझै जनचेतनाका अभावका कारण निवारणका लागि चुनौती देखिएको हो । नेपालले सन् २०३५ भित्र सो...

  • २०७६ जेठ २६, आइतबार

    संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।  सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिदा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास...

  • २०७६ जेठ २६, आइतबार

    विकास गर्दा ‘वातावरणलाई नबिगारौँ, सिंगारौँ’

    प्रदेश नं। ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् ।  विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्यशाला गोष्ठी’ मा सहभागी स्थानीय सरकारका प्रमुख एवं उपप्रमुखले वातावरणीय सन्तुलनका लागि नीति तथा...

  • २०७६ जेठ २६, आइतबार

    बगरफाँट बस्ती संरक्षण आयोजना शुरु

    म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ ।  रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको हो । सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती...

  • २०७६ जेठ २६, आइतबार

    प्रशासकीय अधिकृत निलम्बित

    सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् ।  विभागबाट निलम्बनमा परेको हो । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेको कारण देखाउँदै कार्कीलाई निलम्बन गरेको हो । विभागको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को...

  • २०७६ जेठ २६, आइतबार

    प्रधानमन्त्री दोहामा

    प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री ओली जेनेभामा हुने...

  • २०७६ जेठ २६, आइतबार

    शान्ति सुरक्षा अभियान प्रारम्भ

    कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।    आन्तरिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित महिला हिंसा र लागूऔषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम तथा सडक सुरक्षा...

  • २०७६ जेठ २६, आइतबार

    पार्टीको राष्ट्रिय जागरण अभियान सफल ः डा महत

    नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।   नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।  नेता महतले यस जागरणको...

  • २०७६ जेठ २६, आइतबार

    सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल

    राजश्व अनुसन्धान विभागले शनिबार यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो । सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ । एक...

Pages