राष्ट्रिय
-
२०७६ जेठ २६, आइतबार
गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको ऐतिहासिक स्थलको...
-
२०७६ जेठ २६, आइतबार
सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाउनुभयो । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई...
-
२०७६ जेठ २६, आइतबार
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा लागू भएको छ । तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम शुरु गरिसकेका छन् भन्ने अन्य स्थानीय तहले शुरु गर्ने तयारी गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट...
-
२०७६ जेठ २६, आइतबार
भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ ः वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चँुदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै उहाँले निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिनुभएको हो । वरिष्ठ नेता...
-
२०७६ जेठ २६, आइतबार
स्वास्थ्य संस्थामा जीवनजलको पनि अभाव
जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उहाँले भन्नुभयोे, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन् । स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त...
-
२०७६ जेठ २६, आइतबार
दोस्रो बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित हँुदै
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा पूँजी बजारको दोस्रो शेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पूँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित भएको बताएका छन् लगानी स्कुल काठमाडौँ र सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले संयुक्त रुपमा आयोजना गरेको शेयर...
-
२०७६ जेठ २६, आइतबार
नेपालभाषाको संरक्षणमा जोड
–गौतमबुद्ध वज्राचार्य नेपाल भाषासाहित्यको पर्याप्त विकास तथा सरक्षण गर्नेतर्फ सरकारको ध्यान जान सकेको छैन । लिच्छवि तथा मल्लकालमा विकास भएका नेपाल भाषासाहित्यका गीत, तथा काव्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रुपमा मन्दिर, देवालय, चैत्य, थ्यासफू आदिमा अझै देख्न पाइन्छ तर पुस्तान्तरणमा कमजोरीका कारण यस्ता ऐतिहासिक दस्तावेज भविष्यमा लोप हुँदै जाने हो कि भन्ने चिन्ता छाएको छ । अरु कसैलाई भन्न वा...
-
२०७६ जेठ २६, आइतबार
कलाकार सङ्घमा खड्का
नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल...
-
२०७६ जेठ २६, आइतबार
बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड
सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो । बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०÷५० लाख विनियोजन भएको...
-
२०७६ जेठ २६, आइतबार
ट्राफिक व्यवस्थापनमा चेम्बरको ध्यानाकर्षण
ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीकोे राजधानीभित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर...
-
२०७६ जेठ २६, आइतबार
‘फेवा मानुषी’ लोकार्पण
साहित्यकार तथा कवि ठाकुरप्रसाद त्रिपाठीको तेस्रो कृति ‘फेवा मानुषी’को शनिबार यहाँ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । ‘दीपशिखा साहित्य सङ्गम’ कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले फेवा मानुषी खण्डकाव्यको लोकार्पण गर्नुभयो । खण्डकाव्यमा पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताललाई ब्रम्हाकी छोरी तथा एक महिलाका रुपमा चित्रित गर्दै मानवीय अतिक्रमणसँगै दिनानुदिन यसको...
-
२०७६ जेठ २६, आइतबार
प्रदेश ३ मा ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्
प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका छन् । विद्यालय जानबाट वञ्चित हुनाको मुख्य कारण पारिवारिक आर्थिक एवं सामाजिक समस्या रहेको बताइएको छ ।...


