relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २८, मंगलबार

    दुर्घटना रोक्न सवारी गति निर्धारण

    महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।   प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी सवारीको गति निर्धारण...

  • २०७६ जेठ २८, मंगलबार

    भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन

    सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी ९प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तर०को निर्णयबाट सातै...

  • २०७६ जेठ २७, सोमबार

    पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष

    पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो ।  टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य शुरु गरेको थियो । विभागका पुरातत्व...

  • २०७६ जेठ २७, सोमबार

    महानगरपालिका बनाउने गति सुस्त

    नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको  सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ ।  महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ ।     महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको रु २५ लाख बजेट...

  • २०७६ जेठ २७, सोमबार

    चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत

    चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ...

  • २०७६ जेठ २७, सोमबार

    गुठी विधेयक फिर्ता लिन माग

    प्रतिनिधिसभाको आजको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गर्नुभएको छ ।  सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोध जनाउनुभएको थियो ।    त्यसपछि सभामुख महराले...

  • २०७६ जेठ २७, सोमबार

    जैविक विविधताबारे अन्तरक्रिया

    झापाको जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्टताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार जिल्लाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । एक्सनले व्यवस्थापन गरेको...

  • २०७६ जेठ २७, सोमबार

    रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

    पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो  आयोजना शुरु गरिएको होे ।  कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । “नदी...

  • २०७६ जेठ २७, सोमबार

    सिञ्जा ऐनसहित पूर्वाधारको माग

    कर्णाली प्रदेशको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा पुगेको छ । प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन थालेको गुरुयोजनाको योजना तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा पुगेको हो । प्रदेशको एकीकृत पञ्चवर्षीय पर्यटन योजना तर्जुमा कार्यक्रमका लागि जैविक विविधता विज्ञ डा रोशन शेरचन, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायासहितको...

  • २०७६ जेठ २७, सोमबार

    लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न, स्टेशनरी सामान वितरण

    कोही भोका नरहुन भन्ने लक्ष्य बोकी लायन्स अन्तर्राष्ट्रिय व्यापी कार्यक्रम अन्तर्गत संचालित लायन्स तथा लियो क्लब चाबहिल सिटीको आयोजनामा सफलता एच। आई। भी। शिक्षा सदन कीर्तिपुरमा विद्यार्थीहरुका लागि खाद्यान्न र स्टेशनरीका सामानहरु कार्यक्रमका प्रमुख अतिथी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ब्द्द का गभर्नर सुदर्सनधर प्रधानाङ्गले हस्तातरण गर्नुभयो । सन् द्दण्ज्ञज्ञ देखि एच। आई। भी। सक्रमित...

  • २०७६ जेठ २७, सोमबार

    दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने

    नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ ।  संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको...

  • २०७६ जेठ २७, सोमबार

    स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन

    प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।   समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदैँ विज्ञापन तत्काल रद्द गर्न गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको हो । यसअघि बैठकमा सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री...

Pages