relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ ३०, बिहिबार

    गुठी विधेयकको बचाऊ र विरोध प्रतिनिधिसभामा

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका  सांसदले गुठी विधेयकको बचाऊ र  विपक्षले विरोध जनाउनुभएको  छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका  जमीनलाई व्यवस्थापन  गर्न  राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो ।  विशेष समयमा  सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन...

  • २०७६ जेठ ३०, बिहिबार

    थाइले बनाइदिएको भवन विद्यालयलाई हस्तान्तरण

    थाइल्याण्डका एक नागरिकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा पक्की भवन निर्माण गरिदिनुभएको छ । थाइ नागरिक मास्टर वान्चाइ रौइ एरीको रु ४० लाख लगानीमा चारकोठे दुईतले पक्की भवन निर्माण गरिएको हो । एरीको लगानीमा निर्माण गरिएको विद्यालय भवन बुधबार नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत टान्स्कुलले औपचारिकरूपमा उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनका लागि आवश्यक...

  • २०७६ जेठ ३०, बिहिबार

    बोयर जातका बाख्रा पालनप्रति बढ्दो आकर्षण

    बाख्रापालक किसानहरुको आय आर्जनमा अभिवृद्धि गर्ने तथा पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जिल्लाको जोरायल गाउँपालिका–२ रुपसकाडामा “बोयर बाख्रा स्रोत केन्द्र स्थापना” गरिएको छ । ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्यूरीटी कार्यक्रमको सहयोगमा डिभिजन पशु सेवा कार्यालय सिलगढी, कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत सो स्रोत केन्द्र स्थापना गरिएको हो । विश्व कृषि तथा...

  • २०७६ जेठ ३०, बिहिबार

    सगरमाथा नाप्ने कार्कीलाई सम्मान

    नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयअन्तर्गतको नापी विभागले पहिलोपटक गर्न लागेको सगरमाथाको उचाइ मापन सफलतापूर्वक सहभागी भई फर्किनुभएका मापन टोलीका एक सदस्य रविन कार्कीलाई गृहजिल्लामा सम्मान गरिएको छ । नापी विभागले पठाएको चार जनाको टोलीमध्ये कार्की सगरमाथाको चुचुरोमै पुग्ने दुईमध्येका एक हुन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापनमा सफलतापूर्वकरूपमा जिम्मेवारी पूरा गर्नुभएको...

  • २०७६ जेठ ३०, बिहिबार

    शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय

    जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो ।  ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित गरे पनि युवाहरुले यसको समयसमयमा विरोध गरेपनि स्वयम्...

  • २०७६ जेठ ३०, बिहिबार

    जनता पाटनमा, विकास निर्माणका काम अलपत्र

    स्थानीयवासी डोल्पाका विभिन्न पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि गएपछि जाजरकोट र डोल्पाका गाउँमा विकास निर्माणको काम ठप्प भएको छ । विकासे कामदेखि विद्यालयमा पढाइसमेत प्रभावित हुँदै समस्या भएको स्थानीय तहले बताएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सामुदायिक वनले डोल्पामा जेठ १३ देखि असार २५ सम्मका लागि जिल्लाका पाटनमा यार्सा सङ्कलन खुला गरेको छ । स्थानीय बासिन्दा यार्साको खोजीमा...

  • २०७६ जेठ २८, मंगलबार

    गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत काङ्ग्रेस

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ । काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएको हो । साथै...

  • २०७६ जेठ २८, मंगलबार

    तालैतालको शहरमा साउनदेखि खुला चिडियाखाना

    रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।   ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा...

  • २०७६ जेठ २८, मंगलबार

    गोडैता– जयपुर सडक बन्दै

    वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर गाउँसम्मको सडक वर्षौँदेखि जीर्ण थियो ।    प्रदेश नम्बर २ सरकारले छुट्टयाएको रु ३० लाखमा सडक बन्न लागेको गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।  दुई किलोमिटर लामो तथा २० फिट चौडा बन्न लागेको सडकको...

  • २०७६ जेठ २८, मंगलबार

    प्रेसलाई अङ्कुश लगाउनु हुँदैन नेता रावल

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताउनुभएको हो । प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको...

  • २०७६ जेठ २८, मंगलबार

    गहँु उत्पादन बढ्यो

    डडेल्धुरामा यो वर्ष गहँु उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ । समयमै वर्षा र पटकपटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । कृषि ज्ञान केन्द्रसहित स्थानीय तहहरुले पनि किसानलाई उन्नत जातको गहुँको बीउ...

  • २०७६ जेठ २८, मंगलबार

    पाँच पटक सांसद बन्नुभएका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा

    जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताउनुभएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय हुनुहुन्छ ।  युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसक्नुभएको छ । पछिल्लो समय विसं २०६५ सालयता उहाँको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ ।...

Pages